×
सर्वोच्च अदालतद्वारा बालेनसँग सात दिनभित्र लिखित जवाफ माग।



अदालतको अवहेलना सम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले आज उक्त आदेश जारी गरेको हो । “निवेदकको मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र आफँै वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु ।”

नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका भनिएका संरचना हटाउने महानगरपालिकाको कदमविरुद्ध दायर गरिएको रिट निवेदनको विषयमा दिएको अभिव्यक्तिलाई लिएर साहविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरिएको थियो । अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध उक्त अवहेलनाको मुद्दा दायर गर्नुभएको थियो ।

नर्भिक अस्पताल पक्षबाट दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस