×
Lagani
Lagani Shiksha gif
मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटल



मन्दाकिनी हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटल नियुक्त भएको छ ।

हाइड्रोपावरको संचालक समितिको निर्णय अनुसार शेयर रजिष्ट्रारमा बि.ओ.के. क्यापिटल नियुक्त गरिएको हो ।  शेयर रजिष्ट्रारमा भए संगै मन्दाकिनी हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य  बि.ओ.के. क्यापिटलले गर्नेछ ।

Lagani Shiksha gif

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो । यसमध्ये  ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस