×
Lagani
Lagani Shiksha gif
लुम्बिनी जनरल इन्स्योरेन्समा नयाँ संचालक समिति



लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले नयाँ सञ्चालक समिति चयन गरेको छ ।

१७औं वार्षिक साधारण सभाले सञ्चालक समिति चयन गरेको हो । संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा विश्राज रेग्मी, मनोहर दास मुल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।

Lagani Shiksha gif
sharehubapk लुम्बिनी जनरल इन्स्योरेन्समा नयाँ संचालक समिति

नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिको कार्यालयमा पद तथा गोपनियताको सपथ गराए ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई कर प्रयोजनको लागि ०.५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै बिशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट बृद्धि गरी ३ अर्ब कायम गर्ने, चुक्ता पूँजीको ९.५ प्रतिशतले खुद हुन आउने बोनस शेयर बितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस