अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओ बाँडफाँट गरेको छ।
कम्पनीले वैशाख २२ गतेदेखि जेठ २० गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको आईपीओ असार ८ गते बुधवार बाँडफाँट भएको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि रू. १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित दरका १३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।
यो आईपीओ बाँडफाँट भएसंगै कम्पनीले असार २० गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले रू. १९ करोड ५७ लाख ५० हजार बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमवी क्यापिटल लिमिटेड रहेको छ । आईपीओ बाँडफाँट सम्बन्धि विवरण विक्री प्रबन्धकको साइटमा गैर हेर्न सक्नु हुनेछ।

















