×
Lagani
Lagani Shiksha gif
यसरि दिनुहोस बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन , जसले गर्दा तपाईको आवेदन रिजेक्ट हुदैन



आजभोलि आईपियो भर्न नजानेर कतिपयको आईपियो गोलाप्रथा हुनु अघिनै रिजेक्ट हुने गर्छ।

बलेफी हाइड्रोपावर लिमिटेडले आईपियो निष्कासन गरेको बेला हामि तपाईलाई कसरि आईपियो भर्ने भनेर सिकाउदै छौ। कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ )को बिक्री खुला गरेको  हो ।

Lagani Shiksha gif
sharehubapk यसरि दिनुहोस बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन , जसले गर्दा तपाईको आवेदन रिजेक्ट हुदैन

आईपियो भर्दा ध्यान दिनुपर्ने कुराहरु : 
>> आफ्नो खातामा आवेदन दिन लागेको आईपियोको पर्ने मूल्य जति पैसा छ या छैन यकिन गर्ने ( आज भोलि १० कित्ता भन्दा बढी नपर्ने हुदा सर्बसाधारणको लागि खुलेको आईपियोमा १० कित्ता नै आवेदन दिदा वेस हुन्छ )
>> २ वटा डिम्याट खाता छ भने १ वटा बाट मात्र भर्नु पर्ने हुन्छ

>> बैंक खाता फ्रीज भए नभएको एकिन गर्ने (नावालकको हकमा १८ वर्ष ओउरा भएसी बैंक खाता फ्रिज हुने हुदा बैंकओए भरेको आईपीयो वेरिफाई गर्दैन )
>> आफुले आवेदन दिदा भरेको कुरा ठिक छ या छैन एकिन गर्ने
>> डिम्याट खाता र मेरो शेयर समयमै नविकरण गर्ने

आवदेन दिने तरिका : 

सर्ब प्रथम अनलाइनबाट आइपियो भर्न तपाइले बैकबाट मेरो शेयर युजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ भने CRN नम्बर पनि लिनु पर्ने हुन्छ।

आइपियो भर्न तपाइले मेरो शेयर एप साथै वेव पनि प्रयोग गर्न सक्नु हुने छ। वेब बाट आइपियो भर्न तपाइले आफ्नो क्रोम ब्राउजरम meroshare.cdsc.com.np इन्टर गर्नु पर्ने हुन्छ भने एप बाट  भर्न एप् ओपन गर्नु पर्ने हुन्छ । त्यसपछी तपाईले आफुले (DEMAT )दिम्याट  बनाएको बैंक को नाम सेलेक्ट गर्नुहोस् ।

login page meroshare यसरि दिनुहोस बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन , जसले गर्दा तपाईको आवेदन रिजेक्ट हुदैन

बैंकले दिएको युसर नेम र पासवर्ड हालेर लग इनमा क्लिक गर्नुहोस। तपाइले पहिलो चोटि मेरोशेयर खोल्दै हुनु हुन्छ भने चार अंकको पिन पनि बनाउनु पर्ने हुन्छ जुन पछी आइपियो भर्न प्रयोग हुने गर्छ। त्यसपछि मेरो शेयरको dashboard ओपन हुने छ। dashboard ओपन भएपछि  माइ अस्बा ( my asba ) मा क्लिक गर्नुहोला।meroshare dashboard after login यसरि दिनुहोस बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन , जसले गर्दा तपाईको आवेदन रिजेक्ट हुदैन

Current issueमा अहिले बिक्रि भइ रहेको शेयरको बारेमा देख्न सक्नु हुने छ। त्यसपछि तपाइले apply for issue मा क्लिक गर्नुहोस।

curremt issue in m eroshare यसरि दिनुहोस बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन , जसले गर्दा तपाईको आवेदन रिजेक्ट हुदैन

त्यहा आफुले खरिद गर्न चाहेको कम्पनि रोजेर apply मा क्लिक गर्नुहोस। क्लिक गरिपछि तपाइले आफ्नो बैंक सेलेक्ट गर्नुहोस र applied kittaa मा आफुले खरिद गर्न चाहेको कित्ता हाल्नुहोस।

bank details apply 1 यसरि दिनुहोस बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन , जसले गर्दा तपाईको आवेदन रिजेक्ट हुदैन

आफ्नो बैंकले दिएको crn नम्बर हालेर तल टिक गरि proceed मा क्लिक गर्नुहोस। त्यसपछि आफुले सुरुमा बनाएको ४ अंकको पिन हान्नुहोस।

4 digit pin यसरि दिनुहोस बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन , जसले गर्दा तपाईको आवेदन रिजेक्ट हुदैन

अनि तपाइको शेयर को आवेदन पुरा हुने छ। तपाईलाइ शेयर परेपछि परे वापतको पैसा काटिने छ भने नपरेको पैसा तपाईको खातामै रहने छ। तपाईले आवेदन दिएपछि Application Report मा गएर आवेदन पुरा भए नभएको हेर्न सक्नु हुन्छ।  साथै पहिला भरेको आईपियोको विवरण पनि त्यहि बाट हेर्न सक्नुहुने छ।

application report after apply in meroshare यसरि दिनुहोस बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन , जसले गर्दा तपाईको आवेदन रिजेक्ट हुदैन

याद राख्नुहोस तपाइले आवेदन दिदा आवेदन दिएको बराबरको पैसा तपाइको बैंक खातामा हुनु पर्ने छ। यदि तपाइको दुइ वटा दिम्याट खाता छ भने एउटा बाट मात्र आवेदन दिनु होला नत्र तपाइको आवेदन रद्ध हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस