×
Lagani
Lagani Shiksha gif
घट्यो सुनचाँदीको मूल्य



सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु एक लाख दुई हजार ३०० मा आएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ८००मा कारोबार भएको थियोे ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ८०० तोकिएको छ । जसको मूल्य आइतबार प्रतितोला रु एक लाख दुइ हजार ३०० थियो ।

Lagani Shiksha gif
sharehubapk घट्यो सुनचाँदीको मूल्य

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार ४१५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस