×
नेष्डो समृद्ध लघुवित्तकाे आईपीओ बाँडफाँट भोलि हुने , यस्तो छ नतिजा हेर्ने तरिका ?



नेष्डो समृद्ध लघुवित्त संस्थाको आईपीओ बाँडफाँट भोलि हुने भएको छ ।

सिडिएस क्लियरिङका अनुसार कम्पनीको आईपीओमा २५ लाख ९९ हजार ५९८ जना आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ताका लागि आवेदन परेको छ  जुन मागभन्दा ३८ दशमलव ८७ गुणा बढी हो ।

यहि आवेदनको आधारमा हिसाब गर्दा जम्मा २.९७ प्रतिसत लगानीकर्ताले १० किताको दरले शेयर हात पर्ने छन् भने बाकि ९७ प्रतिसत लगानीकर्ताको हात खालि रहने छ। तर यो अन्तिम तथ्यांक भने होइन।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि मिस्टर नेप्से एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि MORE भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) आफ्नो डिम्याट नम्बर हानि कम्पनि छान्नुहोला। ( नोट : तपाईले सबैजनाको डिम्याट नम्बर सेव गरि एकैपटक सबैको नतिजा हेर्न सक्नु हुने छ। )
५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
( नोट : आईपीओ  बाँडफाँट  भएको केहीबेर पछि मात्र नतिजा सार्बजनिक हुने छ ) 

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको को कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।

सर्वसाधारणको लागि बाँकी रहेको  ७ लाख ७४ हजार ५६३ कित्ता सुरक्षित गरिएको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

कम्पनीले फागुन ११ गतेदेखि ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो ।  आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ। आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस