शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ।
गत आवमा रू. १ करोड ६५ लाख खुद नाफा आर्जन गरेको उक्त कम्पनीले गत आवमा वृद्धि गरेर रू. ४ करोड ९५ लाख ६९ हजार पुर्याएको छ । गत आवमा खुद ब्याज आम्दानीमा वृद्धि,सञ्चालन नाफामा वृद्धि र रू. १६ लाख २२ हजार खराब कर्जा उठाएकाले कम्पनीको नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले सञ्चालन नाफा पनि २ करोड रुपैयाँबाट बढाएर ७ करोड ७० लाख रुपैयाँ पुर्याएको छ । असारसम्म ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एनआईबिएल एस क्यापिटललाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई इक्रा नेपालले आईआर बीबी रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्वन्धमा मध्यम जोखिम रहेको मानिने इक्रा नेपालले बताएको छ । उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको पनि इक्रा नेपालले बताएको छ ।







