×
आईपीओ निष्कासन गर्दै ६ लघुवित्त कम्पनि



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ। संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पुँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पुँजी १६ करोड रुपैयाँ हुनेछ ।  संस्थाले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। संस्थाले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ। एनआईबिएल एस क्यापिटललाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको छ । उपकार लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गर्नेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ ।अब नियामक धितोपत्र बोर्डमा अब आवश्यक प्रक्रिया पूरा गरेर निवेदन दिई स्वीकृतीपछि मात्र सर्वसाधारणमा आईपीओ जारी हुनेछ ।  हाल कम्पनीको चुक्ता पूँजी ४ करोड २० लाख रहेको छ । आईपीओ निष्कासनपछि कम्पनीको पूँजी ५ करोड ४६ लाख पुग्नेछ ।

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ ।  लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरकाे ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ  । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

नेष्डो लघुवित्त वित्तीय संस्थाले  सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्त ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशन गर्न अनुमति माग्दै बोर्ड पुगेको हो । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आदर्श लघुवित्तले आफ्नो जारी पूँजी २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको जम्मा ६० हजार कित्ता शेयर सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न लागेको हो । आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन तथा विक्रीका लागि बिओके क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस