×
Lagani
Lagani Shiksha gif
रुरु हाइड्रोको दोस्रो चरणको आइपियो निस्कासन मिति सार्बजनिक



रुरु जलविद्युत परियोजनाले चैत्र २० गतेदेखि सर्बसाधारणलाई दोस्रो चरणको आईपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले निस्कासन गर्ने कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता ८ हजार १ सय ५४ कित्ता कम्पनीका कर्मचारीलाई, र २० हजार ३ सय ८५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । बाँकि रहेको ३ लाख ७९ हजार १ सय ६७ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीले अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता १२० रुपैयाँमा यी शेयर बिक्रि गर्ने भएको छ  । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्ढाहरूको लागि निष्काशन गरिएको साधारण शैयरको बाँडफाँड तथा फिर्ता भुक्तानी गरिसकेको छ।

रू रू जलविद्युत परियोजना लिमिटेडको आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका स्थानीय बासिन्दाहरूलाई रू.१००|- अंकित दरका ४,०७,७०५ कित्ता साधारण शेयरहरू एनएमबि क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०७७/११/०७ गतेदेखि मिति २०७७/११/२१ गतेसम्म बिक्री खुल्ला गरिएकोमा सो अवधी भित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको ४,०७,७०५ कित्ता साधारण शेयरहरू मिति २०७७/१२/९ गते सोमबार बाँडफाँड गरेको छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ग्रेड–३ रेटिङ प्रदान गरेको छ ।कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

यो पनि पढ्नुहोस :

रू रू जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्ढाहरूको लागि निष्काशन गरेको आइपियोको बाँडफाँड भएको छ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्ढाहरूको लागि निष्काशन गरिएको साधारण शैयरको बाँडफाँड तथा फिर्ता भुक्तानी गरेको छ। रू रू जलविद्युत परियोजना लिमिटेडको आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका स्थानीय बासिन्दाहरूलाई रू.१००|- अंकित दरका ४,०७,७०५ कित्ता साधारण शेयरहरू एनएमबि क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा मिति २०७७/११/०७ गतेदेखि मिति २०७७/११/२१ गतेसम्म बिक्री खुल्ला गरिएकोमा सो अवधी भित्र रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड सम्बन्धी प्रचलित कानून बमोजिम उक्त कम्पनीको ४,०७,७०५ कित्ता साधारण शेयरहरू मिति २०७७/१२/९ गते सोमबार बाँडफाँड गरेको छ ।

बाँडफाँडमा नपरेको रकम धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम सम्बन्धित आवेदकहरूको बैंक खातामा पठाइने हाइड्रोले जनाएको छ।

आयोजना प्रभावित र गुल्मि जिल्लाका बासिन्दाका लागी शेयर निस्कासन गरिएका नतिजा सम्बन्भमा रु रु जलविद्युत परियोजना लिमिटेड ले मिति २०७७∕११∕०७ देखी २०७७∕११∕∕२१ सम्म आयोजना प्रभावित र गुल्मि जिल्लाका बासिन्दाका लागी शेयर निस्कासन गरिएको शेयरको नतिजा बिओआडि बाट र स्थानीय कलेक्शन सेन्टरबाट आबेदन दिने आवेदकहरुले आफुले निवेदन गरिएको बैकहरुबाट जानकारी पाउन सक्नु हुनेछ ।

RURU Hydro Allotment Notice2 रुरु हाइड्रोको दोस्रो चरणको आइपियो निस्कासन मिति सार्बजनिक

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस