×
ग्रीनलाइफ हाइड्रोपावरको आइपियो डिम्याटमा , कतिमा होला त पहिलो कारोबार ?



ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ डिम्याटमा आएको छ ।बिहिबारबाट लगानीकर्ताकाे हितग्राही खातामा कम्पनीको शेयर जम्मा हुन् लागेको हो।

कम्पनीको उक्त शेयरलाई  जिएलएच (GLH ) कारोबार संकेत प्राधान गरिएको छ  । नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले कम्पनीको आईपीओ सूचीकरणका लागि निवेदन आइसकेको र शुक्रबार सूचीकरण सम्झौता हुने बताएको छन् । शुक्रबार शेयर नेप्सेमा सूचीकृत भए आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ३३ पैसा रहेको छ। नेप्सेले नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्न सकिने व्यवस्था छ।

त्यस अनुसार न्यूनतम ९९ रुपैयाँदेखि २९८ रुपैयाँसम्म पहिलो कारोबार खुल्न सक्ने देखिन्छ।ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) यसै साता भित्रमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत हुने भएकाे छ । सेयर सूचीकरणका लागि नेप्सेमा पठाएको सेयर रजिष्टार्ड सानिमा क्यापिटल लिमिटेडले जनाएको छ।

ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २३ गते देखि माघ २७ गते सम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । उक्त आइपियोमा बढी आवेदन परेको हुदा गोलाप्रथा बाट सर्बसाधारणलाइ १० कित्ता बाडफाड गरिएको थियो। जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएकाे थियाे ।

यो पनि पढ्नुहोस :

मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले दुई चरणमा आईपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोना प्रभावित स्थानीय र दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो। कुल कित्तामध्ये कम्पनीले ८ लाख २ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ।

आईपीओ निष्कासनका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीको तर्फवाट प्रबन्ध सञ्चालक अमृतकुमार महर्जन तथा सनराइज क्यापिटल लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले एक समारोहका बीच हस्ताक्षर गरेका हुन् ।

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ७ मेगावाट क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट मिति २०७४ चैत १२ गतेदेखि ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । कम्पनीको ११औं बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी बृद्धि गरी १ अर्ब र जारी पुँजी बृद्धि गरी ८० करोड पच्चीस लाख कायम गर्ने निर्णय गरेको थियो। उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पुँजीमा ५६ प्रतिशत संस्थापक शेयर र ४४ प्रतिशत सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पुँजी कायम हुनेछ ।

यो आईपीओ छिटै निष्कासन हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस