×
Lagani
Lagani Shiksha gif
प्रदेश २मा माओवादीलाई ठुलो धक्का : पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने जनप्रतिनिधिको लस्कर



प्रदेश २ मा सत्तासाझेदार नेकपा माओवादी केन्द्र परित्याग गरी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ ।

साविक नेकपाले दल दर्ताको मान्यता नपाएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएसँगै स्थानिय तहमा माओवादीबाट निर्वाचित करिब एक सय जन प्रतिनिधिले एमाले रोजिसकेका छन् । एमाले स्थायी कमिटीका सदस्य प्रभु साहका अनुसार स्थानीय तहका मेयर तथा अध्यक्ष सात जना, उपमेयर तथा उपाध्यक्ष १० जनाले एमाले रोजेका छन । ‘सात प्रमुख र १० उपप्रमुख मात्र होइन, माओवादी परित्याग गरेर एमाले आउने वडा अध्यक्षहरूको संख्या करिब ८० नाघिसकेको छ ।’

Lagani Shiksha gif
sharehubapk प्रदेश २मा माओवादीलाई ठुलो धक्का : पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने जनप्रतिनिधिको लस्कर

उनका अनुसार तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकवाट विजयी चार जना वडा अध्यक्ष पनि एमालेमा प्रवेश गरिसकेको र थप प्रवेश गर्ने तयारीमा रहेका छन् । माओवादी परित्याग गरी एमाले रोज्ने रौतहटका तीनवटा नगरपालिका छन् भने पर्साका दुई, महोत्तरीका एक जनासहित सात मेयर÷अध्यक्ष रहेका छन् ।

जसअनुसार रौतहटबाट मौलापुरकी मेयर रिना साह, कटहरियाका मेयर सियाराम कुश्वाह, इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता छन भने पर्साका जगरनाथपुरका अध्यक्ष जालिम मियाँ र छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पनि माओवादी परित्याग गरी एमाले प्रवेश गरेका छन् ।

शम्शी गाउँपालिकाका अध्यक्ष शेख फारुकले पनि माओवादी परित्याग गरी एमाले रोजेका हुन् भने  धनुषा बिदेह नगरपालिकाका मेयर बेचन दासले पनि एमाले रोजेका छन् । जगरनाथ पुरका मियाँ भने गत ८ पुसमा  अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका ग्रहण गरी एमाले रोज्ने पछिल्लो स्थानिय तहका प्रमुख हुन् ।

रौतहटका कटहरिया र मौलापुर नगरपालिका तथा धनुषाको बिदेह नगरपालिकामा मेयर र उपमेयरले एमाले रोजेका हुन भने पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैले माओवादी परित्याग गरी एमाले रोजेका स्थायी कमिटी सदस्य साहले जानकारी दिए ।
उनका अनुसार माओवादी परित्याग गरी एमाले रोज्ने स्थानीय तहका उपप्रमुख र अध्यक्ष अधिकांस रौतहट, पर्सा र धनुषाका रहेका छन् ।
जसअनुसार धनुषा बिदेह नगरपालिकाकी उपमेयर निलम देवी मण्डल र सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर, शहिद नगरपालिकाकी उपमेयर शिलादेवी कापरले एमाले रोजेका छन ।

यसैगरी रौतहटको फतुवा बिजयपुर कान्तिदेवी, देवाही गोनाहीकी उपमेयर परनिया देवी, मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर प्रसाद साह, माधवनारायण नगरपालिकाकी उपमेयर सिमलकुमारी साह, यमुनामाई नगरपालिकाकी उपमेयर गीतादेवी साह, इशनाथ नगरपालिकाकी उपमेयर हुसने आराले पनि माओवादी परित्याग गरी एमाले रोजेका हुन् ।

पर्साका छिपहरमाई गाउँपालिकाकी मेयरसहित उपमेयर मामोदिना खातुनले पनि माओवादी परित्याग गरी एमाले रोजेका छन् ।
‘रौतहटका ३६ मध्ये २८ वडा अध्यक्षले माओवादी परित्याग गरेर एमालेमा आएका छन् भन तत्कालीन फोरमका चार वडा अध्यक्ष पनि एमालेमा प्रवेश गरिसकेका छन्,’ साहले न्युजकारखानासँग भने, ‘अहिलेसम्म प्रदेश २ बाट माओवादीसहित अन्य पार्टी परित्याग गरेर आउने वडा अध्यक्षहरूको संख्या ८० नाघेको छ, वडा सदस्यहरूको संख्या गन्न भ्याइएको छैन, यो क्रम चुनावसम्म पुग्दा अझै बढने छ ।’

माओवादी परित्याग गर्ने जनप्रतिनिधि बढिरहेको जनाउँदै केही समय निर्वाचनको सम्मुखमा प्रदेश सांसदहरू पनि एमालेमा प्रवेश गर्ने तयारीमा रहेको एमाले नेताहरू बताउँछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस