×
Lagani
Lagani Shiksha gif
निर्मलालाई न्याय दिन नसके राजीनामा दिन्छु : रवि लामिछाने



उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको न्यायको माग गर्दै माईतीघरमा धर्ना दिइरहेका बाँकेका महिला अधिकारकर्मीसँग भेटेका छन्।

बाँकेकी निर्मला कुर्मी बेपत्ता भएको घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै बाँकेका अधिकारकर्मीको एक टोली माइतीघरमा धर्नामा छन् । शनिवार माईतीघर मण्डलामा पुगेर गृहमन्त्री लामिछानेले बाँकेकी निर्मला कुर्मीको घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आएका अधिकारकर्मीहरुसँग भेट गरेका हुन्।

Lagani Shiksha gif
sharehubapk निर्मलालाई न्याय दिन नसके राजीनामा दिन्छु : रवि लामिछाने

माइतीघरमा पुगेर गरिएको उक्त भेटघाटमा गृहमन्त्री लामिछानेसहित गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए । यसअघि गृहमन्त्री लामिछानेले अधिकारकर्मीलाई आन्दोलन फिर्ता लिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका थिए ।

अधिकारकर्मीहरुले नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै दुई साताभन्दा बढी समयदेखि माइतीघरमा धर्ना दिँदै आएका छन् । गृहमन्त्री लामिछानेसँग अधिकारकर्मीहरुले न्याय माग्दै निर्मला कुर्मीलाई न्याय नदिउन्जेसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिए ।

उनले यसअघिका सरकारले पटक–पटक प्रतिवद्धता जनाए पनि उक्त घटनाको छानबिन हुन नसकेको तर आफूले न्याय दिनेकुरामा विश्वस्त रहन आग्रह गर्नुभयो । उहँले छानबिनका क्रममा कुनै कैफियत देखिए आफूले राजीनामा दिनुपरे पनि दिने बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस