×
Lagani
Lagani Shiksha gif
४० रुपैयाँको चिसोमा सुइरो हालेर ८० रुपैयाँ !



होटेलमा खाजा खान जादा चिसो त् धेरैले पिउने गर्नु हुन्छ होला।

तर तपाईंलाई थाह नहुन सक्छ तपाइले आनन्दले खाजा खाईरहदा होटेलले भने तपाईलाई ठगि रहेको हुन्छ। तपाई हेर्दा राम्रो खालको होटेल भित्र प्रवेस गर्नु भनेको म लुटिन तयार छु मलाइ सकेको लुट भनेको जस्तै हो। नेपालको कानुन र नियमको धजिया उडाउदै होटेल व्यावसायीले तपाईंलाई सकेको लुटछन्।

Lagani Shiksha gif
sharehubapk ४० रुपैयाँको चिसोमा सुइरो हालेर ८० रुपैयाँ !

होटेलमा जाने बित्तिकै तपाईंको टेबुलमा पानीको बोतल आउछ। त्यो बेला तपाईंलाई लाग्न सक्छ कती राम्रो सुबिधा। तर त्यो सुबिधा नभएर दुबिधा मात्र हो। तपाईंले पानी प्रयोग गर्नुहोस या नगर्नुहोस तपाईंको बिलमा भने पानीको पैसा जोडिएको हुन्छ। आफुले १० रुपैयाँमा खरिद गरेको पानीको अधिकतम विक्रि मूल्य २० देखि २५ रुपैयाँ भएपनि होटेल व्यावसायीले ५० रुपैयाँ सम्म लिने गरेका छन्।

नेपालको कानुन अनुसार होटेलले शुद्ध र स्वच्छ खानेपानीको व्यवस्था निशुल्क गर्नुपर्ने भएता पनि पर्ने भन्दा बढी मूल्य लिएर लुट मचाइरहेका छन्।

अझ मुख्य कुरा त् के भने , अधिकतम ४० रुपैयाँ पर्ने कोक , फेन्टा , पेप्सी आदि लगाएतका पेय पदार्थलाई एउटा सुइरो हालेर ८० रुपैयाँमा बिक्रि गरिरहेका छन्। सबैले देख्ने गरि भित्तामै ८० रुपैयाँ लेख्दापनि सम्बन्धित निकायले ध्यान दिन सकेको छैन। ठुला मात्र हैन साना होटेलहरुले पनि ४० रुपैयाँ पर्ने पेय पदर्थलाई ६० रुपैयाँ भन्दा बढीमा बिक्रि गरिरहेका छन्।

menu80 ४० रुपैयाँको चिसोमा सुइरो हालेर ८० रुपैयाँ !

भारतपुरको चर्चित रेस्टुरेन्टको मेनु

यसरि ग्रहाकलाई ठगिरहेको थाह पाउदा पाउदैपनि सम्बन्धित निकाय मौन बसेको छ। बजार अनुगमन गर्ने अधिकारिहरुको पनि यस पार्टी ध्यान पुगेको छैन।  यसले गर्दा जनता दिनदिनै ठगिदै छन् भने होटल व्यावसायीहरु मोताउदै गहिरहेका छन्।  त्यसकारण सम्बन्धित निकायले समयमै ध्यान दिनु जरुरि छ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस