ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कार्यभार सम्हालेका छन् ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो । उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।
साधारण सभाले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेका ढुंगानाले नेपाल बंगलादेश बैंक प्राप्तिपछि जिम्मेवारी सम्हाल्नेछन् । उनको सेवा सुविधा नबिल बैंकको सञ्चालक समितिले निर्धारण गर्ने बताइएको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











