×
आजको हरियाली बजारको समिक्षा



साताको कारोबारको पहिलो नेपाली शेयर बजारमा खुशीयाली छाएको छ । केही समयदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्से यस दिन भने ६३ अंकले बढेको छ ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६३.३८ अंक बढेर २५३८.४६ विन्दुमा पुगेको छ। यसैगरी सेन्सेटिभ इण्डेक्स ९.४४ अंक बढेर ४५३.५९ विन्दुमा पुगेको छ।Screenshot 2021 03 21 170716 आजको हरियाली बजारको समिक्षा

यस दिन २०६ कम्पनीको ८० हजार ९८६ पटकको कारोबारमा ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँभन्दा बढीको १ करोड २४ लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि बढेपछि लगानीकर्ताहरु उत्साहित भएको छन्।Screenshot 2021 03 21 170743 आजको हरियाली बजारको समिक्षा

कारोबारमा आएका ९ कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमध्ये अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन्।

यस दिन स्वरोजगार लघुवित्त, मिथिला लघुवित्त, सूर्योदय लघुवित्त, सामुदायिक लघुवित्त, समिट माइक्रोफाइनान्स, चन्द्रगिरी हिल्स, किसान लघुवित्त, स्वाभिमान लघुवित्त र युनाइटेड इदी मार्दीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।Screenshot 2021 03 21 170803 आजको हरियाली बजारको समिक्षा

गत साता मात्र सूचीकृत भइ कारोबारमा आएको ग्रीनलाइफ हाइड्रोपावरको शेयरमूल्य यस दिन ६.०६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।Screenshot 2021 03 21 170743 आजको हरियाली बजारको समिक्षा

यस दिन कारोबारमा रहेका सबै उपसमूहहरुमा हरियाली छाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस