×
Lagani
Lagani Shiksha gif
गृहमन्त्रीको खानामा माछाको काँडा भेटिएपछि होटलका दुई कर्मचारी प्रहरी नियन्त्रणमा



चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन आएका गृहमन्त्री सुधन गुरुङको बिहानको खाजामा माछाको काँडा भेटिएपछि होटलका दुई कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गृहमन्त्री गुरुङ बस्दै आएको लड्स प्लाजा होटलमा बिहानी खाजाको रूपमा परोसेको अम्लेटमा माछाको काँडा फेला परेको हो। उक्त घटना भएपछि उनले होटलका कर्मचारीसँग तत्काल छलफल गरेका थिए।

Lagani Shiksha gif
sharehubapk गृहमन्त्रीको खानामा माछाको काँडा भेटिएपछि होटलका दुई कर्मचारी प्रहरी नियन्त्रणमा

घटनापछि गृहमन्त्रीले चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर पौडेललाई फोन गरेर आवश्यक कारबाहीका लागि निर्देशन दिएको विवरण सार्वजनिक भएको छ।

त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अम्लेट तयार गर्ने दुई कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछका लागि प्रहरी कार्यालय लगेको जनाइएको छ।  यस विषयमा एसपी पौडेलले ग्राहकको खानामा अखाद्य वस्तु भेटिएकोबारे प्रारम्भिक सोधपुछका लागि कर्मचारीलाई नियन्त्रणमा लिइएको र सोधपुछपछि उनीहरूलाई छाडिने बताएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तर गृहमन्त्रीको सचिवालयले भने चितवनको लड्स प्लाजा होटलमा आज अमलेट खाने क्रममा माछाको हड्डी भेटेको र खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरिएको जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस