CMF2 9.21 -0.1 CYCL 1540 -7 SNLI 585.1 -0.9 MBJC 321 -8 HURJA 220 -4.6 EDBL 645 -1.9 RSDC 735 0 LICN 1995.9 -27.1 SMJC 574 -6 NHPC 220.1 0 HBL 260 -13 BBC 4255 50 MCHL 488.3 -3.7 KPCL 493 -0.8 MSLB 1564 -70 SGIC 641.2 -4.8 FMDBL 758 -0.1 SIKLES 707 -3 KSBBL 448 -3 RNLI 495.5 1.5 USHEC 523 -7 SLCF 9.21 -0.1 RFPL 532 11.1 GBILD86/87 1030 4 NICFC 8.97 -0.33 MHL 725 3.5 NBLD87 1020 -8 NIBLGF 9.1 0.38 NICD88 1032 -21 TVCL 461 1 UHEWA 476 -11 RBCLPO 12300 88 RAWA 889 29 SPHL 666.9 16.9 SWBBL 1065 2.1 NBL 292.2 1.2 MHCL 410 -7 HDL 1423.1 49.1 PHCL 465.1 -9.9 HBLD83 1056.3 0.3
×
महराकाण्ड :महरा संग करोड खाको रेकर्ड सार्वजनिक गर्ने भन्दै रोशनीले दिइन् चेतावनी



नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराविरुद्ध रोशनी शाहीले एकपछि अर्को फायर खोलेकी छिन् ।

उनले महरालाई धम्की समेत दिने गरी दुई दिनयता सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी छिन् । महराविरुद्ध यौन दुव्र्यवहारको रिट दायर गरी पछि आफै फिर्ता गर्न पुगेकी शाहीले अदालतमा समेत निर्दोष रहेको बयान दिएकी थिइन् । तर, माओवादी केन्द्रको पदाधिकारी चयनको ठिक पूर्व उनले महराविरुद्ध लेख्न थालेकी छिन् । जसमा महरालाई उन्मुक्ति दिन गरेको सम्झौताको विषय समेत छ ।

रोशनी शाहीले मङ्गलबार फेसबुकमा लेख्दै महरालाई जेलबाट छुटाउन बाचा कसम उनका छोरा राहुल महराले गरेको लेखेकी छिन् । आफूसँग बाचा कसमका रेकर्ड सुरक्षित रहेको समेत लेखेकी छिन् । फेसबुकमा उनको चर्को आलोचना हुनेगरी प्रतिक्रिया आउन थालेपछि आफू सत्य लेख्ने जसले जे कमेन्ट गरेपनि मतलब नगर्ने उल्लेख गरेकी छिन् ।

सामाजिक सञ्जालमा उनले रिया क्षेत्रीविरुद्ध पनि लेखेकी छिन् । रियाको फोटोसमेत राखेर महराको जोई बन्न खोजेको टिप्पणी गरेकी छिन् । रिया क्षेत्री प्रेस सेन्टरकी हुन् । उनीविरुद्ध रोशनीले फेसबुकमा फोटोसहित गम्भीर विषय लेखेकी छिन् ।

महराविरुद्ध यौन दुव्र्यवहारको अभियोग दर्ता गरेकी रोशनीले पछि आफै छुटाउन सक्रिय भएकी थिइन् । रोशनीको बयानका आधारमा महरा छुट्ने अवस्था बनेको थियो ।

सामाजिक सञ्जालमा रोशनीले लेखेकी छिन्: महराले जेल बाट छुटाउन गरेको बाचा कसम राहुल ले गरेका म संग छुटाईदिनुपर्यो भनेर गरेका कुराहरुको रेकर्ड मेसेज सुरक्षित छ दुनियाले मलाई महरा संग करोड खाको कुरा महराले दुनिया संग भन्नुपर्छ मैले कति खाए भनेर पुष्टि गर्नुपर्यो (बास्टर )

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस