×
Lagani
Lagani Shiksha gif
बजेटबारे प्रष्ट्याउन अर्थमन्त्रीको आज पोस्ट–बजेट प्रेस मिट



काठमाडौं, जेठ १७ । आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सार्वजनिक गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज (आइतबार) सञ्चारकर्मीसँग पोस्ट–बजेट अन्तरक्रिया गर्ने भएका छन्।

अर्थ मन्त्रालयका अनुसार बजेटका प्राथमिकता, कार्यक्रम तथा विभिन्न व्यवस्थाबारे जानकारी दिन दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ। सामान्यतया बजेट प्रस्तुत भएको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्ने प्रचलन रहे पनि यस वर्ष भोलिपल्ट शनिबार परेकाले कार्यक्रम आइतबारका लागि सारिएको हो।

Lagani Shiksha gif
sharehubapk बजेटबारे प्रष्ट्याउन अर्थमन्त्रीको आज पोस्ट–बजेट प्रेस मिट

अर्थमन्त्री वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। आजको पत्रकार सम्मेलनमा बजेटका विभिन्न पक्षबारे थप प्रष्ट्याइने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस