×
सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य , घरमै बसी बसी तलब खानेलाई ठुलो धक्का !



सरकारले देशभरका सबै सरकारी कार्यालयमा कर्मचारीका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य गर्ने निर्णय गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाले बिहीबार परिपत्र जारी गर्दै सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई यस्तो निर्देशन दिएको हो।

शाखाका अधिकृत पिताम्बर सारूद्वारा पठाइएको पत्रमा कर्मचारीको उपस्थितिलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्न विद्युतीय हाजिरी प्रणाली लागू गर्न भनिएको छ। जहाँ यस्तो प्रणाली हालसम्म लागू छैन, त्यहाँ तुरुन्तै आवश्यक व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।

नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले आफ्नो आगमन र प्रस्थान दुवै समयको हाजिरी विद्युतीय माध्यमबाटै गर्नुपर्नेछ। यस्तै, प्रत्येक १५ दिनमा हाजिरी विवरण प्रिन्ट गरी सम्बन्धित अधिकारीबाट प्रमाणित गराई सुरक्षित रूपमा अभिलेख राख्नुपर्ने व्यवस्था समेत गरिएको छ।

यसअघि केही कार्यालयहरूमा पहुँच र सेटिङका आधारमा हाजिरी मिलाउने, कार्यालय नआइकनै उपस्थित देखाइ तलब बुझ्ने जस्ता गुनासा आउने गरेका थिए। नयाँ विद्युतीय प्रणाली लागू भएसँगै यस्ता प्रवृत्तिमा रोक लाग्ने अपेक्षा गरिएको छ। सरकारले यो कदमले कर्मचारी उपस्थितिमा पारदर्शिता, अनुशासन र जवाफदेहिता बढाउने विश्वास लिएको छ।

Notices 20260423123221472 page 0001 सरकारी कार्यालयमा विद्युतीय हाजिरी अनिवार्य , घरमै बसी बसी तलब खानेलाई ठुलो धक्का !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस