×
Lagani
Lagani Shiksha gif
आयात १५.१६ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब १६ अर्ब भन्दा बढी



चालु आर्थिक वर्षको ११ महिना साउनदेखि जेठसम्म सम्ममा १८ खर्ब ९४ अर्बको बस्तु आयात भएको छ ।

भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा भन्दा १५.१६ प्रतिशतले आयात बढेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा १६ खर्ब ४४ अर्बको आयात भएको थियो ।

Lagani Shiksha gif
sharehubapk आयात १५.१६ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब १६ अर्ब भन्दा बढी

त्यस्तै यस अवधिमा निर्यात १२.२८ प्रतिशतले बढेको छ । विभागले ११ महिनामा निर्यात व्यापार २ खर्ब ७७ अर्ब बराबरको भएको जनाएको छ । अघिल्लो आर्थिक बर्षको ११ महिनामा २ खर्ब ४७ अर्बको निर्यात भएको थियो ।

त्यस्तै ११ महिनामा कुल वैदेशिक व्यापार आकार २१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । ११ महिनामा गत आवको सोही अवधिमा १८ खर्ब ९२ अर्ब बराबरको वैदेशिक व्यापार भएको थियो ।

यस अवधिमा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब पुगेको छ । अघिल्लो आव भने १३ खर्ब ९७ अर्ब क्यापार घाटा रहेको थियो ।

यस अवधिमा विभागका अनुसार भारतबाट नेपालमा १० खर्ब ९२ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ । नेपालबाट भारततर्फ भने २ खर्ब २८ अर्ब १३ करोड रुपैयाँबराबर वस्तु निर्यात भएको छ । चीनबाट ३ खर्ब ८२ अर्ब बराबरको वस्तु आयात भएको भने नेपालबाट एक अर्ब ५९ करोड बराबरको वस्तु निर्यात भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस