×
Lagani
Lagani Shiksha gif
आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ, मिडियाकर्मीको ‘स्वेट सेयर’ पनि खुल्दै जाला — सुधन गुरुङ



गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको स्पष्ट पारेका छन्। उनले ‘रामराज्य’ को परिकल्पना गर्नेहरूले पनि त्याग र नैतिक साहस प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन्। गुरुङका अनुसार, कुनै पनि पदभन्दा नैतिकता उनी लागि ठूलो हो, र जनविश्वास नै सबैभन्दा ठूलो शक्ति हो।

उनले आफ्नो नाम जोडिएका विषयमा निष्पक्ष छानविन होस्, र मन्त्री पदमा रहँदा स्वार्थको द्वन्द्व नदेखियोस् तथा त्यसको कुनै असर नपरोस् भन्ने उद्देश्यले तत्काल लागू हुने गरी राजीनामा दिएको बताएका छन्।

Lagani Shiksha gif
sharehubapk आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ, मिडियाकर्मीको ‘स्वेट सेयर’ पनि खुल्दै जाला — सुधन गुरुङ

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले भनेका छन्, “कति मिडियाकर्मी साथीहरूको कहाँ-कहाँ स्वेट सेयर छ, त्यो त विस्तारै खुल्दै जाला। तर, ‘रामराज्य’ को चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।” उनले वर्तमान पुस्ता (जेनजी) ले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठाएको आन्दोलनले पनि यही सन्देश दिएको औंल्याए। सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने र नेतृत्व उत्तरदायी हुनुपर्ने उनको भनाई छ।

“मेरा ४६ जना भाइ-बहिनीहरूको रगत र बलिदानको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने, त्यसको जवाफ नैतिकता नै हो। मैले मेरो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु,” गुरुङले भने।

उनले सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूलाई सम्बोधन गर्दै थपे, “यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने, सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।”

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस