×
Lagani
Lagani Shiksha gif
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा



गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग करिब २० मिनेट लामो उच्चस्तरीय छलफल गरेलगत्तै उनले नैतिक आधारमा पद त्यागेको घोषणा गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा देशको शान्ति सुरक्षा अवस्था र सुशासनका विषयमा केन्द्रित भएर छलफल भएको बताइएको थियो। यसअघि मंगलबार मात्रै मन्त्री गुरुङले नेपाल प्रहरीका महानिरीक्षक, गृहसचिव तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँग करिब पाँच घण्टा लामो बैठक गरेका थिए।

Lagani Shiksha gif
sharehubapk गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

तर पछिल्लो समय बिचौलिया व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा सम्बन्धित कम्पनीमा मन्त्री गुरुङको सेयर रहेको विषय सार्वजनिक भएपछि उनी आलोचनामा परेका थिए। यही विषयलाई लिएर जनस्तरमा व्यापक प्रश्न उठिरहेका बेला उनले राजीनामा दिएका हुन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा गुरुङले आफूले चैत १३ गतेदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

उनले “पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास हो” भन्दै निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न तथा ‘conflict of interest’ को आशंका हटाउन आफूले राजीनामा दिएको स्पष्ट पारेका छन्।

साथै, देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने सन्देश दिएको उल्लेख गर्दै उनले सबैलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा अघि बढ्न आह्वान गरेका छन्।

गुरुङको राजीनामासँगै वर्तमान सरकारमाथि सुशासन र पारदर्शिताको सवालमा थप दबाब बढ्ने देखिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस