SINDU 667 -6 GBIME 256.1 -4.4 MHL 725 3.5 GLH 244 -2 CHDC 1684 -35.9 GRDBL 743 5 NLIC 814 -13.4 NBF3 9.04 0.17 NICFC 8.97 -0.33 KSBBLD87 1093.4 18.4 RHPL 364 -5.2 LLBS 1050 5 SNLI 585.1 -0.9 SHPC 525 -3.9 CIZBD90 1081 1 ULBSL 3199 37 UMRH 475 -1.9 MMKJL 543.6 9.6 API 289.5 2.5 MSHL 938 3 BBC 4255 50 CMF1 10.5 -0.2 NLICL 606 -4 MFLD85 1050 -20 GLBSL 1600.4 -29.6 UHEWA 476 -11 H8020 10.2 -0.05 MKJC 467.9 -1 SAGF 9.31 0.01 KBLD89 1156 1 LBBL 475 -4.8 LBBLD89 1208.5 23.5 TVCL 461 1 MBJC 321 -8 CMF2 9.21 -0.1 MANDU 885 -14 TRH 1118 -5 SGIC 641.2 -4.8 RBCLPO 12300 88 SICL 832 0
×
एनआइसी एसियाको स्वामित्वमा रहेको ३ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुनको भाउ कति ?



काठमाडौं, माघ ०४ । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको १० लाख २ हजार ८८५ कित्ता सेयर लिलामी भर्ने शुक्रबार आज अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यो सेयरमा आवेदन दिन सकिनेछ । बैकले सूर्यज्योति लाइफ इन्स्योरेन्स, सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको सेयर लिलामीमा ल्याएको हो । 

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

एनआइसी एसियाले पुस २५ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ लाख ९३ हजार ८२५ कित्ता सेयर लिलामीमा ल्याएको थियो । यसमा लगानीकर्ताले न्यूनतम १५९ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

यस्तै, बैंकले सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम २५३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । 

यसैगरी, बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम ७०३ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । ३ वटै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस