×
एनआइएमबीको संस्थापक सेयर बिक्रीमा



काठमाडौं, मंसिर १२ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा सेयर बिक्री गर्दैछ । बैंकले ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।  सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (मंसिर १२ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । 

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस