NMBD87/88 1027 -3 NADEP 1030 -55 EDBL 645 -1.9 UNHPL 266 0 NICSF 9.5 0.25 JFL 655 6 UMRH 475 -1.9 GBLBS 738 -10 MLBS 1532.3 -86.7 NGPL 472 -2.9 SHINE 473 -1.8 NESDO 2229 -18 MHNL 265.5 -0.5 MLBL 398 -6.9 UMHL 308 -4 NICBF 9.3 -0.08 SBD87 1048 11.9 USHL 783.2 -13.7 EBL 605 5 BHL 440 -13 TVCL 461 1 NABBC 631 -12 DLBS 1374 30 HBLD83 1056.3 0.3 GMFIL 623 1 NIBLSTF 8.68 0 GRDBL 743 5 GCIL 498 -5.8 SBID83 1098 8.7 BHDC 583 5.4 UPPER 214.2 -1.8 CGH 909 -5 BBC 4255 50 GBIME 256.1 -4.4 NICA 452 -13 PMLI 562 1 MLBBL 1635 15 PBD85 1079.9 19.9 ULBSL 3199 37 NFS 1350 -43
×
विश्वकप खेल्न जादै सन्दीप लामीछाने।



उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने भन्ने कुरा कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईको हातमा हुने छ । क्यान सन्दीपलाई पठाउने तयारीमा लागिसकेको र सम्पूर्ण खर्च क्यानले नै बेहोर्ने उनले बताए।

गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएकोमा उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए। हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस