×
Lagani
Lagani Shiksha gif
सुन तस्करी प्रकरण : महरा अस्वस्थ , अस्पताल भर्ना गरिने।



सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ।

उनलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दै अस्पताल राख्न आदेश गरेको हो। महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग गरेकोमा अदालतले उनको अवस्थालाई हेरेर अस्पताल राख्न स्वीकृति दिएको हो। उनको बिमारीबारे खुल्न सकेको छैन।

Lagani Shiksha gif

सोमबार बिहान रुपन्देहीबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर अपरान्ह रामशाहपथस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो । सुन तस्करी प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महराको संलग्नता देखाएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस