MND84/85 1030 2 PBD85 1079.9 19.9 ULBSL 3199 37 PRVU 248 -10 NIBD2082 1099 0 SIGS3 9.45 0.09 RSDC 735 0 USHEC 523 -7 SNLI 585.1 -0.9 PRSF 9.54 -0.11 OHL 925 -9 PRIN 968 4 SONA 473.2 -7.8 GFCL 1051.1 6 TAMOR 482.9 -2.1 NIMBPO 176.9 -1.1 MMF1 8.98 0.1 CIT 2195 0 NRN 905 -8 TRH 1118 -5 MBJC 321 -8 NLO 242.1 0 VLBS 902.5 -7.5 SALICO 747 -9.1 HDL 1423.1 49.1 USHL 783.2 -13.7 NABIL 594 3 SGIC 641.2 -4.8 PPCL 262 -5.2 BOKD86 1040 18 TSHL 909 -11 NLIC 814 -13.4 LEC 276.8 -6 CCBD88 1123.1 6.1 CHL 353 0.4 BGWT 934.9 -21.1 CMF1 10.5 -0.2 MDB 630 -3.8 SLBSL 1398.4 21.4 BARUN 379 -6.1
×
बम्जनको घरमा १७ देशका विदेशी मुद्रा, अर्कैले किनिदिएका थिए ५ करोडको गाडी



काठमाडौं, २५ पुस । नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला परेका छन्। ब्युरोले बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट मंगलबार पक्राउ गरेका बम्जनको घरमा छापा मार्दा १७ देशका विदेशी मुद्रा फेला परेको हो।

ब्युरोका एक अधिकृतका अनुसार १७ देशका विदेशी मुद्राको नेरु ३० लाख ९२ हजार ४०६ हुन जान्छ। बम्जनको घरबाट प्रहरीले नेपाली रकम ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरेको छ। बम्जनको घरबाट विदेशी मुद्रा र नेपाली गरी ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको ती अधिकृतले बताए।

बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका छन्। बम्जन चढ्ने गरेको प्रदेश-३-०१ -०२४ च  ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी बरामद भएको छ। यस्तै, सेतो रङको अर्को ल्याण्डक्रुजर जेडएक्स गाडी बरामद भएको छ। उक्त गाडी ललितपुर-२२ बुङमती बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा रहेको खुलेको छ।

उक्त गाडी धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालि शोरूममा पाँच करोडमा बुक भएकोमा ३ करोड  नगदै भुक्तानी भई खरिदको क्रममा रहेको देखिएको छ। उनको घरबाट क्रस फायर ३९० सिसीको केटिएम डुक, यामहाको स्कुटरसहित चार वटा मोटरसाइकल बरामद भएको ब्युरोले जनाएको छ।

बरामद अन्य सामानमा मोटरसाइकलका बिलबुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेनड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आइप्याड र ट्याब ५ थान छन्। बम्जनमाथि बलात्कार, हत्या तथा व्यक्ति बेपत्ता पारेको आरोप छ। बम्जनलाई आजै सर्लाही पठाउने तयारी ब्युरोको छ।

बम्जनलाई पक्रन ब्युरोका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वमा प्रहरी टोली पुगेको थियो। टोली पुग्दा उनी भाग्न खोजेका थिए। बम्जन चार तले घरको चौथो तलाबाट खाली जमिनमा हाम्फालेका थिए। प्रहरीले उनलाई त्यहीँ पक्रेको थियो।

रामबहादुर बम्जनको आश्रमबाट को कहिले बेपत्ता भएका थिए ?

बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ।  तिनीहरूमध्ये एक हुन् २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ। नुवाकोट मेधाङ गाउँपालिका-३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन्।

ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन। यस्तै, सिन्धुपाल्चोक बाडेगाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चलाल वाइबा। हेटौंडा उपमहानगरपालिका-१३ घर भएका उनी २०७१ साल चैत १४ गतेबाट बेपत्ता भएका थिए।  सिन्धुपाल्चोक बाडेगाउँकै आश्रमबाट बेपत्ता भएकी तेस्रो व्यक्ति हुन् फूलमाया रुम्बा। ३० वर्षीय रुम्बा हेटौंडा उपमहानगरपालिका-१६ की हुन्। उनी २०७१ साल माघ महिनाबाट बेपत्ता भएकी थिइन्।
यसैगरी, बमजनको आश्रमबाट बेपत्ता भएका चौथो व्यक्ति ३४ वर्षीय सुरेशकुमार आले हुन्।

उनी निजगढ नगरपालिका-१२ खुमजोरस्थित बमजनको आश्रमबाट २०७२ जेठ महिनामा बेपत्ता भएका थिए। उनी जितपुर सिमरा उपमहानगरपालिका-१५ बडहर्वाका हुन्। २०७१ साल साउन महिनादेखि बाराको हलखोरियास्थित आश्रममा काम गर्ने एक आनीले जाहेरी दिएपछि बमजनको खोजीमा प्रहरी लागिरहेको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस