×
Lagani
Lagani Shiksha gif
बढ्यो शेयर बेच्दा लाग्ने कर , अब कति तिर्नु पर्छ ?



सरकारले शेयर बजारका लगानीकर्तामाथि लाग्दै आएको पुँजीगत लाभकर बढाएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै ल्याइएको आर्थिक विधेयकमार्फत सूचीकृत कम्पनीको शेयर बिक्रीबाट हुने नाफामा लाग्ने कर दर बढाइएको हो। नयाँ व्यवस्थाअनुसार अब एक वर्षभन्दा कम अवधि शेयर होल्ड गरेर बिक्री गर्ने लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ। यसअघि यस्तो अल्पकालीन कारोबारमा ७.५ प्रतिशत कर लाग्दै आएको थियो। त्यस्तै, एक वर्षभन्दा बढी समय शेयर होल्ड गरेर बिक्री गर्ने दीर्घकालीन लगानीकर्ताले अब ७.५ प्रतिशत कर तिर्नुपर्नेछ। यसअघि दीर्घकालीन लगानीकर्ताका लागि यस्तो कर दर ५ प्रतिशत थियो।

Lagani Shiksha gif

यससँगै शेयर बजारमा नाफा कमाउने लगानीकर्ताको वास्तविक आम्दानी घट्ने भएको छ। बजार जोखिम लिएर लगानी गर्ने लगानीकर्ताले अब नाफा हुँदा पहिलेभन्दा बढी रकम करका रूपमा बुझाउनुपर्नेछ। विशेषगरी छोटो अवधिमा कारोबार गर्ने ट्रेडरहरूलाई यो निर्णयले बढी असर गर्ने देखिएको छ।

बजेट भाषणमा सरकारले सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम कर बनाउने घोषणा गरेको थियो। यो विषयलाई लगानीकर्ताले सकारात्मक रूपमा लिएका थिए। तर, आर्थिक विधेयकको विवरणमा कर दर नै बढेपछि लगानीकर्तामाथि थप कर भार परेको हो।

सरकारले नयाँ करका दरहरू बजेटपछि मध्यरातिदेखि लागू गर्ने निर्णय गरेको रिपोर्टमा उल्लेख छ। त्यसैले यो व्यवस्था संसदबाट पूर्ण रूपमा पारित भएर ऐन बनेको अवस्था नभए पनि व्यवहारमा नयाँ दर लागू हुने देखिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस