×
Lagani
Lagani Shiksha gif
सन्दीपविरुद्धको मुद्दाको पेसी घिमिरेको इजलासमा , रेशम चौधरीको सुनुवाइ स्थगित



क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज सुनुवाइ हुँदैछ ।

उक्त मुद्दाको पेसी न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । सर्वोच्चले गत फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालत काठमाडौंले अहिलेसम्म फैसला सुनाउन सकेको छैन । मुद्दाको सुनुवाइ आज हुने/नहुने कुनै निश्चित छैन । लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ यसअघि पटकपटक स्थगित हुँदै आएको छ ।

Lagani Shiksha gif
sharehubapk सन्दीपविरुद्धको मुद्दाको पेसी घिमिरेको इजलासमा , रेशम चौधरीको सुनुवाइ स्थगित

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्धको रिटकाे सुनुवाइ स्थगित भएको छ । न्यायाधीश अभावका कारण सर्वोच्च अदालत प्रशासनले नियमित दैनिक पेसी सूची प्रकाशित गर्दा चौधरीविरुद्धको रिटको सुनुवाइ स्थगित मुद्दाको सूचीमा राखेको हो।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा बाँकी सजाय माफी मिनाहा गरेपछि चौधरी गत जेठ १५ गते छुटेका थिए। राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस