अबदेखि सानिमा बैंकले आईपीयो भर्दा २० रुपैयाँ लिने

शेयर बजारमा लगानीकर्ताकोहरुको आर्कषण निकै बढेको छ ।

एकवर्ष अघिसम्म मात्रै पनि सर्वसाधारणमा खासै चर्चा नहुने शेयर बजार र आइपीओ चर्चा यतिबेला चुलिएको छ । कतिलाई त् शेयर बजारको अलिकति पनि  ज्ञान छैन  तर पनि शेयर बजारमा लगानी गरिरहेकै छन्। हाल सम्म  ४०  लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् ।

जसले गर्दा अहिले एउटै कम्पनीको आइपीओमा २० लाखभन्दा बढी आवेदन पर्न थालेको छ । यसरी आइपीओ भर्ने मानिसको संख्या बढ्दै गर्दा बैंकहरुले आइपीओ भर्न लाग्ने शु्ल्क पनि अस्वभाविक रुपमा बढाउँदै आएको छ । यसरी आइपीओ भर्दा बैंकहरुबाट पैसा काटिन्छ । जसका लागि कतिपय बैंकले ग्राहकसँग निश्चित रकम लिने गर्छन् भने कतिपय बैंकले यो सेवा निःशुल्क दिइरहेका छन् ।

त्यस्तै निःशुल्क सेवा  दिइरहेको सानिमा बैंकले अबदेखि २० रुपैया सी-आस्वा शुल्क लिने भएको छ।  बैंकले हिज एक संदेश जारि गर्दै उक्त रकम लाग्ने जनाएको हो।  अबदेखि सानिमा बैंकबाट आईपीयो भर्दा २० रुपैया  लाग्ने भएको हो। 

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।