NIL 912 8 CITY 805 -17 NLO 242.1 0 CYCL 1540 -7 NLG 1317 2 BNT 14350 -50 CHDC 1684 -35.9 GILB 1268.4 4.4 CFCL 647 27.1 GUFL 735 5 MKHL 493 -6 LLBS 1050 5 MPFL 751 5 PRVU 248 -10 RURU 740 -9.8 SMHL 613.1 -4 PCBL 292 -2 NIMB 241.9 -9.1 NICD83/84 1062 -19 RNLI 495.5 1.5 NICLBSL 705.5 -7.5 KSBBLD87 1093.4 18.4 SNLI 585.1 -0.9 NADEP 1030 -55 EHPL 840 7.9 HBL 260 -13 HHL 439 -3.2 NBF3 9.04 0.17 NWCL 975 -13.9 CHCL 568.9 -8.1 NIBLGF 9.1 0.38 BHDC 583 5.4 TVCL 461 1 HDL 1423.1 49.1 AHPC 267 -0.6 MKCL 1497 -26 UNHPL 266 0 HLI 472 -4 LUK 9.21 -0.09 NICD88 1032 -21
×
सन्दीपलाई कीर्तिमान बनाउने मौका



नेपाली स्पिनर सन्दीप लामिछानेलाई विश्व कीर्तिमान बनाउने मौका आएको छ।

सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीप लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन्। यदि बिहिबार युएईविरूद्ध कम्तिमा २ विकेट लिएमा उनले सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान बनाउनेछन्।

अफगानिस्तानका रासिद खानले सन् २०१५ अक्टुबरमा ४४ खेलबाट १०० विकेटको कोशेढुंगा पार गरेका थिए।

पछिल्ला ३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार विकेट लिइरहेका सन्दीपले अन्तिम १० खेलमा मात्र २९ विकेट लिइसकेका छन्।  उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तीमा ४ विकेट र ३ पटक कम्तीमा ५ विकेट लिइका छन्।

२२ खेलबाट ५० विकेट पूरा गरेका सन्दीपले थप १८ खेलबाट ४८ विकेट लिइसकेका छन्। यदि  युएईविरूद्ध कुनै विकेट नलिए बाँकी ३ खेलमा उनले २ विकेट लिए पनि उक्त कीर्तिमान आफ्नो नाममा लेखाउनेछन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस