DORDI 429 -3.3 SBD87 1048 11.9 SAEF 11.22 0.17 SBID83 1098 8.7 EDBL 645 -1.9 NTC 980.1 -2.4 BPCL 449 -7 NESDO 2229 -18 TRH 1118 -5 FMDBL 758 -0.1 UMHL 308 -4 MLBSL 2000 -26 NIL 912 8 SPDL 310 5 GBLBS 738 -10 ULBSL 3199 37 SIGS2 10.05 0 MBLD2085 1085 6.5 TSHL 909 -11 API 289.5 2.5 SBLD84 1040 19.3 SPIL 853 -18 CORBL 958.8 -10.2 NICA 452 -13 SGIC 641.2 -4.8 SGHC 393.6 0.1 HPPL 316.3 -3.6 SLBBL 958.9 -4.2 MEL 292 2 CKHL 632 -8 MAKAR 500 6 IGI 600 -4 ALBSL 1040 -4 USLB 1467 -2.9 MLBS 1532.3 -86.7 HBL 260 -13 KSY 9.22 -0.19 MHCL 410 -7 NADEP 1030 -55 MSLB 1564 -70
×
गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नदिने प्रधानमन्त्री प्रचण्डको चाहना, ओलीको पनि साथ



प्रधानमन्त्री पुष्पकल दाहालले गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाइृ नदिने मनशाय बनाएका छन् । यसअघि सरकार गठनमा भागबण्डा मिलाउँदा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको थियो । सोही सहमतिअनुसार गृहमन्त्रालयसहित रास्वपा सरकारमा सहभागी भएको थियो ।

तर, सो पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएको र सर्वोच्च अदालतले शुक्रबार उनी सांसद र मन्त्री हुन अयोग्य भनेपछि अहिले गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीको काँधमा छ । रविले आजै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पुगेर नागरिकता पूनः प्राप्ति गरेका छन् । अहिले उनको दलको बैठक छ । सम्भवतः आजै उनी पार्टीको सभापतिमा नियुक्त हुनेछन् ।

सत्ता गठबन्धनमा अहिले गृहमन्त्रालयबारे के गर्ने भन्नेबारे निर्णय भएको छैन् । तर, विशेष सूत्रका अनुसार प्रधानमन्त्री दाहाल अब गृहमन्त्रालय आफ्नै दलको भागमा राख्न छन् । उनले आफ्नो दलबाट गृहमन्त्री कसलाई बनाउने भन्नेबारे छलफल थालेको बताईएको छ । उनले यसबारेमा सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका छन् ।

ओलीले पनि पार्टी सभापति नै नभएपछि अब अर्को व्यक्तिलाई गृहमन्त्री बनाउन नहुने भन्दै गृहमन्त्रालय माओवादीले राखोस भनेर सकारात्मक बनेको छ । तर, रास्वपाका नेताहरुले भने गृहमन्त्रालय आफ्नो दलको भागमा परेको भन्दै गृहमन्त्रालय नपाए सरकारमा नबस्ने चेतावनी दिएका छन् । रिपोटर्स नेपाल बाट

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस