×
Lagani
Lagani Shiksha gif
२०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै हिमालयन उर्जा विकास कम्पनी



हिमालयन उर्जा विकास कम्पनीले लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको माघ १३ गते बसेको सञ्चालक समितिको बैठकको निणय अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो।

Lagani Shiksha gif
sharehubapk २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै हिमालयन उर्जा विकास कम्पनी

हकप्रद शेयर निष्कासन गर्नको लागि कम्पनीले विद्युत नियमन आयोगबाट स्वीकृती लिनु पर्ने छ। नियमन आयोगबाट स्वीकृती पाएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिनु पर्ने छ । नियामक निकायबाट स्वीकृती पाएपछिमात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी रू. ९९ करोड रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशन पश्चात प्राप्त हुने पूँजीमध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय पनि सो बैठकले गरेको  छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस