CKHL 632 -8 ALBSL 1040 -4 BGWT 934.9 -21.1 ULBSL 3199 37 ULHC 390 -7.9 NIBSF2 8.9 0.08 KBL 234 -6.9 SARBTM 765 -5 GLH 244 -2 NHPC 220.1 0 MANDU 885 -14 UPPER 214.2 -1.8 NBLD85 1025 0 NMB 263.9 -7.1 RAWA 889 29 SLBSL 1398.4 21.4 DOLTI 538 10 NICAD8283 1169.8 86.8 SLBBL 958.9 -4.2 NICFC 8.97 -0.33 GRDBL 743 5 MKHC 339 -1 MLBS 1532.3 -86.7 BPCL 449 -7 SPC 520 5 SMPDA 910 -1 HDL 1423.1 49.1 LSL 253.5 -5.5 MFLD85 1050 -20 SICL 832 0 NBL 292.2 1.2 CBBL 980 1 KKHC 260 -2 RMF1 9.15 -0.1 SBI 482.9 -6 SAMAJ 3321.1 1.1 NBBD2085 1100 0 NLIC 814 -13.4 SCB 691.1 3.6 GBILD86/87 1030 4
×
आज थुनामुक्त हुँदै सन्दीप लामिछाने



राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछाने आज शुक्रबार थुनामुक्त हुने भएका छन् ।

नाबालिग बलात्कारको आरोपमा थुनामा रहेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले बिहीबार आदेश दिएको थियो ।

केन्द्रीय कारागार प्रशासनका अनुसार २० लाख रुपैयाँ धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले बिहीबार रकम बुझाउन ढिलो भएका कारण प्रक्रिया पुर्‍याएर लामिछानेलाई आज मात्र रिहा गर्न लागिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको थियो । यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्लाको आदेशविरुद्ध उच्च अदालतमा पुनरावदेन भएको थियो । उनी गत भदौ २० गते नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका थिए ।

लामिछानेले गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस