BOKD86 1040 18 GFCL 1051.1 6 LBBLD89 1208.5 23.5 CORBL 958.8 -10.2 MATRI 1405 -8 DHPL 242 1 MKHC 339 -1 MMF1 8.98 0.1 MAKAR 500 6 CHL 353 0.4 NADEP 1030 -55 ULHC 390 -7.9 AVYAN 909 -6 UNL 48870 -930 DOLTI 538 10 WNLB 2650 -80 SPIL 853 -18 ADBL 367 -11.1 SLBSL 1398.4 21.4 VLBS 902.5 -7.5 LEC 276.8 -6 HPPL 316.3 -3.6 SHEL 242.9 -4.7 SWBBL 1065 2.1 TAMOR 482.9 -2.1 JBBL 351 -3.1 MLBL 398 -6.9 ENL 1102 -18 NIBD2082 1099 0 ILI 483.5 -2.5 RLFL 625 6.9 LVF2 9 0 MND84/85 1030 2 OHL 925 -9 NBF3 9.04 0.17 GVL 538.5 -22 PBLD87 1028 -2 NIFRA 280 -5 SPHL 666.9 16.9 RHGCL 388 0
×
अन्तत : सन्दीप लामिछानेलाई छोड्न अदालतले दियो आदेश।



बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उच्च अदालतले बदर गरेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा आज भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो ।

लामिछानेको तर्फबाट उक्त आदेशविरुद्ध बलात्कार आरोप लगाउने युवती नाबालिक नभएको जिकिरसहित पुनरावेदन निवेदन गरिएको थियो । वेरितको आदेश बदर माग गर्दै लामिछानेको तर्फबाट रिहाइको लागि गरिएको पुनरावेदनमाथिको सुनुवाई पटकपटक स्थगित भएको थियो । यो आदेशसँगै लामिछाने अब थुनामुक्त हुने भएका छन् ।

सन्दीप नाबालिगमाथि बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। काठमाडौं जिल्ला अदालतले पुर्पक्ष थुनामा पठाउन दिएको आदेशविरुद्ध सन्दीप उच्च अदालत पुगेका हुन् ।

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि सन्दीपलाई थुनामा पठाउन आदेश दिएको थियो ।
यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको छ । लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ । तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।

उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो । असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस