×
Lagani
Lagani Shiksha gif
एकीकृत समाजवादी सरकारमा जानुपर्छ भन्ने लाइनमा बोल्ने दुईजना मात्रै



एकीकृत समाजवादी सरकारमा जाने कि नजाने भन्ने तीव्र बहस भइरहेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सामेल हुने कि गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको स्थायी कमिटी बैठक विना निष्कर्ष टुंगिएको छ । अब यो निर्णय गर्ने अधिकार पोलिटब्युरो बैठकलाई दिइएको छ । एकीकृत समाजवादी सरकारमा जाने वा नजाने भन्ने निर्णय अब पोलिटब्युरो बैठकले लगाउने भएको छ ।

Lagani Shiksha gif
sharehubapk एकीकृत समाजवादी सरकारमा जानुपर्छ भन्ने लाइनमा बोल्ने दुईजना मात्रै

दुई दिनसम्म बसेको स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले सरकारमा जान नहुने धारणा राखेका थिए । कतिसम्म भने सम्मानित नेता झलनाथ खनालले समेत यो सरकार वामपन्थी नेताको नेतृत्वमा बने पनि ‘खिचडी सरकार’ भन्दै समर्थन गर्न नसकिने धारणा राखेका थिए । स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताले सरकारमा सहभागी हुन नहुने धारणा राखेपछि अध्यक्ष माधवकुमार नेपाल अलमलमा परेका छन् । प्रचण्डको निकै ठूलो दबाबपछि विश्वासको मत दिएर सरकारलाई समर्थन गर्ने सोच राखेका नेपाललाई अहिले के गर्ने भन्ने अन्योल देखिएको हो ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा दुई नेताले मात्र सरकारमा जानुपर्ने धारणा राखेका थिए । बैठकमा सहभागी एक नेताले मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले मात्र प्रचण्ड नेतृत्वको सरकारमा जानुपर्ने धारणा बैठकमा राखेका थिए । न्यौपाने निकै अघिदेखि एमालेसँग मिल्नुपर्छ भन्ने विचारका नेता हुन् । ज्वाला भने जसरी पनि एकपटक मन्त्री बन्न चाहिरहेका छन् । यदि पार्टीले प्रचण्डलाई विश्वासको मत दिए आफ्नो मन्त्री पद सुरक्षित हुने उनले देखेको एक नेताले बताए । ‘स्थायी कमिटी बैठकमा अधिकांशले यो सरकारमा तत्काल सहभागी हुन नहुने धारणा राखेका छन् । तर मुकुन्द न्यौपाने र प्रकाश ज्वालाले भने सरकारमा जानुपर्ने विचार राख्नुभयो,’ एक नेताले भने ।

बैठकमा महासचिव बेदुराम भुसालले संगठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गरेका थिए। पछिल्लो समय जनवर्गीय संगठनका साथै प्रवासमा रहेका पार्टीनिकट संगठन, शुभेच्छुकहरूसँग सुझाव लिइएको उनले बताए। अन्य नेताहरूले पनि पार्टी संगठन निर्माणमै ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस