JBBL 351 -3.1 GHL 218.5 -1.1 NIFRA 280 -5 KDBY 9.21 -0.23 SJLIC 477 -7.5 SFMF 10.2 -0.2 MCHL 488.3 -3.7 UAIL 639 -1 GIBF1 9.69 0.1 NLIC 814 -13.4 NBBD2085 1100 0 SIFC 628 10 LBBL 475 -4.8 RFPL 532 11.1 MATRI 1405 -8 RLFL 625 6.9 MLBBL 1635 15 SAGF 9.31 0.01 MHCL 410 -7 BOKD86 1040 18 RSDC 735 0 UPPER 214.2 -1.8 RBCLPO 12300 88 HPPL 316.3 -3.6 EBL 605 5 GBILD86/87 1030 4 BBC 4255 50 SLCF 9.21 -0.1 CMF2 9.21 -0.1 ULBSL 3199 37 CHDC 1684 -35.9 KBLD86 1115 0 NMB50 10.3 0.05 RAWA 889 29 SAPDBL 569.6 -7.4 MANDU 885 -14 NBLD85 1025 0 PPL 461 -2.5 KPCL 493 -0.8 MLBSL 2000 -26
×
देशभर मदिरा प्रतिबन्ध



सरकारले आमनिर्वाचनका लागि मदिरा बिक्रीवितरण, ओसारपसार तथा सेवनमा रोक लगाएको छ ।

निर्वाचन आयोगको निर्णय अनुसार सरकारले बिहीबार मध्यरातिबाट मदिरा बिक्रीमा रोक लगाएको छ । ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था अनुसार उक्त निर्णय भएको हो ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०७९ को दफा २५ मा निर्वाचन अधिकृत तथा मतदान अधिकृतले रहेको सन्दर्भमा मतदान तथा मतगणनाको अवधिमा शान्तिपूर्ण अवस्था कायम राख्नको लागि मतदानको मिति भन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री, वितरण र सेवन निषेध गराउन निर्देशन दिइएको हो ।

उक्त निर्णय कार्यान्वयन गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिइएको छ । मदिरा व्यवसायीलाई पनि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण नगर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस