×
Lagani
Lagani Shiksha gif
निर्वाचन सम्बन्धी १५ हजार मतपत्रसहित एक जना भारतीय पक्राउ



जगरनाथपुर गाउँपालिका–२ दशौतास्थित सडकबाट प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी १५ हजार मतपत्रसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य पश्चिम चम्पारन नरकटिया ग्रामपञ्चायत–१४ ठेगाना भएका ४० वर्षीय ईजाजत अहमद रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

Lagani Shiksha gif
sharehubapk निर्वाचन सम्बन्धी १५ हजार मतपत्रसहित एक जना भारतीय पक्राउ

भारतबाट नेपालको दशौतातर्फ आउँदै गरेको बिआर २२ डब्लु ८००२ नम्बरको भारतीय मोटरसाइकललाई इलाका प्रहरी कार्यालय पोखरीया र बिओपि भिखमपुर पर्साबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मत्रपत्र भेटिएको थियो ।

मोटरसाइकलको पछाडीको सिटको भागमा हरियो रंगको बोरामा उक्त परिमाणको मतपत्रहरू फेला परेपछि मोटरसाइकल चालक अहमदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस