×
Lagani
Lagani Shiksha gif
७३.६८% लाभांश पारित गर्न जीवन विकास लघुवित्तले बोलायो साधारण सभा



जीवन विकास लघुवित्त वित्तीय संस्था लमिटेडले चैत २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

लघुवित्तको सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा बिहान १०ः३० बजेदखि सुरु हुनेछ । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८ प्रतिशत नगद लाभांश (कर सहित)गरि कुल ७३.६८% वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Lagani Shiksha gif
sharehubapk ७३.६८% लाभांश पारित गर्न जीवन विकास लघुवित्तले बोलायो साधारण सभा

साथै उक्त सभामा अधिकृत पुँजी १ अर्ब रुपैयाँबाट २ अर्ब रुपैयाँ र जारी पुँजी ६० करोड ८४ लाख रुपैयाँबाट १ अर्ब ३ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ ।

त्यस्तै सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने, अन्य कुनै इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने तथा प्राप्ति गर्न परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताब पारित गरिने छ।

साधारण सभा प्रयोजनका लागि लघुवित्तले चैत १२ गतेदेखि चैत २५ गतेसम्म बुक क्लोज गर्नेछ । यसको आधारमा चैत ११ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस