डिस होम (टेलिभिजन प्रदायक कम्पनी) ले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । अहिले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनले करिब २३ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने जनाएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ। कम्पनीले आगामी योजना र त्यसका लागि पुँजीको आवश्यकताअनुसार सर्वसाधारणवाट पुँजी संकलन गर्ने डिसहोमका अध्यक्ष देवी भट्टचनले बताए “हालका लागि चुक्ता पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना गरेका छौं,”
नेपाल धितोपत्र बोर्डको सम्पूर्ण प्रक्रिया पूरा गर्दा अगामी भदौसम्ममा सेयर निष्कासन हुन सक्ने उनको भनाइ छ । डिसहोमले २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७७ असार २९ गते साेमबार सेबोनमा निवेदन पेश गरेकाे हाे ।
नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
DisagreeAgree
Connect with
I allow to create an account
When you login first time using a Social Login button, we collect your account public profile information shared by Social Login provider, based on your privacy settings. We also get your email address to automatically create an account for you in our website. Once your account is created, you'll be logged-in to this account.
I thought they will have more numbers of Ipo
But IPO is issued in ratio of total capital . so issued amount is 23 crore according to SEBON pipeline . for reference please visit : https://www.sebon.gov.np/uploads/2021/10/19/8wGwBGIvwjqopXcBeFSjuqReCXw30YSpTFgdWgec.pdf