×
Lagani
Lagani Shiksha gif
२३ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्दै डिस होम



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस। 

डिस होम (टेलिभिजन प्रदायक कम्पनी) ले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ । अहिले २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको कम्पनले  करिब  २३  करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने जनाएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Lagani Shiksha gif

कम्पनीले सर्बसाधारणलाइ प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड ( सेबोन ) मा निवेदन पेस गरेको छ। कम्पनीले आगामी योजना र त्यसका लागि पुँजीको आवश्यकताअनुसार सर्वसाधारणवाट पुँजी संकलन गर्ने डिसहोमका अध्यक्ष देवी भट्टचनले बताए  “हालका लागि चुक्ता पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने योजना गरेका छौं,”

नेपाल धितोपत्र बोर्डको सम्पूर्ण प्रक्रिया पूरा गर्दा अगामी भदौसम्ममा सेयर निष्कासन हुन सक्ने उनको भनाइ छ । डिसहोमले २३ करोड ८५ लाख ९२ हजार ९ सय रूपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७७ असार २९ गते साेमबार सेबोनमा निवेदन पेश गरेकाे हाे ।

नेपाल धितोपत्र बोर्ड ( सेबोन ) ले अनुमति दिए लगतै सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारि रहेको छ। नेपाल धितोपत्र बोर्ड ( सेबोन )ले पाइपलाइनमा रहेका सबै कम्पनीलाई एक एक गरि सर्बसाधरणमा प्राथमिक शेयर निस्कासन तथा बिक्रि गर्ने अनुमति दिदै आएको छ।

Screenshot 2021 10 17 203251 २३ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्दै डिस होम

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Digital Agency
Guest
Digital Agency
October 20, 2021 8:55 am

I thought they will have more numbers of Ipo



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस