NIMB 241.9 -9.1 SMB 1809 4 GVL 538.5 -22 PMLI 562 1 MATRI 1405 -8 RBCLPO 12300 88 SIGS2 10.05 0 PCBL 292 -2 NLICL 606 -4 API 289.5 2.5 NWCL 975 -13.9 MMKJL 543.6 9.6 AKPL 248.5 -2.5 NIBLSTF 8.68 0 STC 5908 9 PBLD87 1028 -2 BBC 4255 50 SPHL 666.9 16.9 NICAD8283 1169.8 86.8 SIGS3 9.45 0.09 KBSH 2386 -9 DHPL 242 1 NBBD2085 1100 0 GFCL 1051.1 6 BGWT 934.9 -21.1 NICGF2 8.78 -0.02 BFC 625 9.1 PRVU 248 -10 MKJC 467.9 -1 LLBS 1050 5 GLH 244 -2 SHLB 1886.9 1.9 PRIN 968 4 KSBBLD87 1093.4 18.4 GBBLPO 205 0 DORDI 429 -3.3 EBLD86 1040 -2 SMHL 613.1 -4 GBBL 447 -6 BPCL 449 -7
×
लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् ? जान्नुहोस



धितोपत्र भनेको के हो ?

सरकार तथा कम्पनीहरुले आफुलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार धितोपत्र हो । सरकार तथा संगठित संस्था (कम्पनी) हरुद्वारा निष्कासन तथा विक्री गरिने सेयर, डिबेन्चर, बन्ड, सामूहिक लगानी कोषका एकांक लगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) मा खरिद बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो पत्र धितो खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रका साथै नेपाल सरकारद्वारा वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गर्ने बचतपत्र तथा ऋणपत्रलाई समेत धितोपत्र (सेक्युरिटिज) हुन भनी परिभाषित गरेको छ ।

नेपालमा पहिलो पटक वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंकले सेयर जारी गरेका थिए । सरकारले २०१८ सालमा पहिलो पटक ऋणपत्र निस्कासन गरेको थियो । निजी क्षेत्रबाट वि.सं.२०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो । बैंकहरुमध्ये हिमालयन बैंकले वि.सं.२०५९ सालमा पहिलोपटक ऋणपत्र जारी गरेको थियो ।

धितोपत्र कति प्रकारका हुन्छन् ?

धितोपत्रलाई वर्गीकरण गर्ने धेरै आधारहरु छन् । प्रतिफल तथा जोखिमका आधारमा धितोपत्र विशेष गरी तीन प्रकारका हुन्छन् । उच्च लाभ तथा उच्च जोखिम हुने धितोपत्र । यो वर्गमा सेयर पर्छ । मध्यम लाभ तथा मध्यम जोखिम हुने वर्गमा अग्राधिकार सेयर, संस्थागत ऋणपत्र (डिबेञ्चर), सामूहिक योजनाका एकांकलाई राख्न सकिन्छ । न्यून जोखिम तथा न्यून प्रतिफल प्राप्त हुने वर्गमा सरकारी ऋणपत्र लाई राख्न सकिन्छ ।

संगठित संस्थाको दायित्व तथा उसले वितरण गर्ने प्रतिफल माथिको अधिकारका आधारमा पनि धितोपत्रहरुको वर्गीकरण गर्न सकिन्छ । दाताहरुलाई निश्चित प्रतिफल (ब्याज) दिने गरी जारी गरिएको धितोपत्र ऋणपत्र हुन् । कम्पनी विघटन हुने अवस्थामा भुक्तानी लिने पहिलो पालो ऋणपत्र धनीहरुको हुन्छ ।

साधारण सेयरमा सेयरधनीहरु लाई बाँड्ने प्रतिफल पहिल्यै निश्चित गरिएको हुदैन् । कम्पनी विघटन हुने अवस्थामा भुक्तानी लिने पालो सेयरधनीहरुको अन्तिममा आउँछ । अग्राधिकार सेयरलाई सामान्यतया ऋणपत्र र साधारण सेयरको मिश्रित गुण भएको धितोपत्रका रुपमा लिन सकिन्छ । कम्पनीले वितरण गर्ने प्रतिफलमा साधारण सेयरधनी भन्दा अग्राधिकार सेयरधनीको अधिकार अगाडि आउँछ ।

लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु (Investment Guidlines)

सार्वजनिक निष्काशन (Public Issue) भएको समयमा  धतिोपत्र खरीद गर्दाः

  • निष्काशनकर्ता कम्पनीको विवरणपत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
  • विवरणपत्र लगायत निष्काशनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरुका लागि निष्काशनकर्ता कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरुमा सम्पर्क राख्नुहोस् ।
  • धितोपत्र खरीदका लागि दरखास्त दिएपछि धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी, प्रमाणपत्र प्राप्ति तथा सूचीकरण सम्बन्धमा सजग रहनुहोस् । ।

धितोपत्रको निष्काशन मूल्यले सूचीकरण पश्चात धितोपत्र विनिमय बजार (stock exchange) मा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिम प्रति सजग रहनुहोस् ।

  २। धितोपत्र विनिमय बजारमा सूचीकरण भएका धितोपत्रहरु खरीद र बिक्री गर्दाः

  • धितोपत्र बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका र धितोपत्र विनिमय बजारको सदस्यता लिएका धितोपत्र दलाल (Stock Broker) मार्फतमात्र धितोपत्र खरीद बिक्री गर्नुहोस् ।
  • कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, आर्थिक स्थिति, ब्यवस्थापन पक्ष तथा लगानीकर्तालाई प्रदान गरिएको प्रतिफल जस्ता महत्वपूर्ण कुराहरु हेरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
  • पत्र पत्रिका तथा अन्य सञ्चार माध्यमबाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राख्ने गर्नुहोस् ।
  • कम्पनीसँग सम्बन्धित धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्वेदनशिल सूचनाहरु धितोपत्र विनियमय बजारको सूचना पाटीमा तत्कालै राखिने ब्यवस्था भएको हुँदा त्यस्ता सूचनासम्बन्धी जानकारीका लागि इजाजत प्राप्त धितोपत्र दलालसँग समेत सम्पर्क राख्नुहोस् ।
  • धितोपत्र खरीद बिक्री गर्नुअघि ग्राहक खाता राख्नका लागि दलाललाई आवश्यक विवरण उपलब्ध गराउन, आफुले दिएको खरीद बिक्री आदेशको प्रमाण लिन तथा खरीद बिक्री गरेको धितोपत्रको शेयरको हकमा कारोबार भएको दिनपछि ३ कार्य दिनभित्र र बण्ड वा डिवेञ्चरको हकमा कारोबार भएकै दिन कारोबार राफसाफ गरिसक्नुपर्ने ब्यवस्था रहेअनुसार रकमरप्रमाणपत्र बुझ्नरबुझाउन सजग रहनुहोस् ।
  • धितोपत्र खरीद बिक्री गर्नुअघि ग्राहक खाता राख्नका लागि दलाललाई आवश्यक विवरण उपलब्ध गराउन, आफुले दिएको खरीद बिक्री आदेशको खरीद गरिएको धितोपत्र आफ्नो नाममा नामसारी नगरी तुरुन्त बिक्री गर्नका लागि धितोपत्र विनिमय बजारमा अभिलेख गराई खाली हस्तान्तरण (Blank Transfer) मा राख्नु भएको छ भने त्यस्तो धितोपत्र कम्पनीको दर्ता किताब बन्द हुनु अघि वा आर्थिक वर्ष समाप्त हुनु अघि आफ्नो नाममा नामसारी गरी प्रमाणपत्र लिएर कम्पनीले घोषणा गर्न सक्ने लाभांश प्राप्त गर्ने अवसर नगुमानुहोस् ।

३ ध्यान दिनुपर्ने अन्य कुराहरुः

  • धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले ब्यहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।
  • आफुले शेयर खरीद गरेको कम्पनीको गतिविधिहरु बारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन नविर्सनुहोस् ।
  • धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारीक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहनुहोस् ।
  • धितोपत्रमा लगानी सम्बन्धी तपाइका जिज्ञासा, शंका वा गुनासाहरु भए धितोपत्र ब्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा सम्पर्क राख्नुहोस् ।

धितोपत्र किनबेच

कम्पनीहरुले धितोपत्र निष्कासन गरेका बखत धितोपत्र खरिद गर्न सकिन्छ । यसलाई प्राथमिक बजारबाट धितोपत्र खरिद गरिएको भनिन्छ । सामान्यतया यो बजारमा धितोपत्रहरु अंकित मूल्यमा खरिद बिक्री हुन्छ । वित्तीय अवस्था बलियो भएका कम्पनीले अंकित मूल्यमा थप रकम जोडेर प्रिमियममा पनि बिक्री गर्न सक्छन् ।
प्राथमिक बजारमा कम्पनीहरु बाट खरिद गरिएको धितोपत्र परेको बेला बिक्री गर्न सकिने व्यवस्था गरिएको हुन्छ । यस्तो व्यवस्थालाई दोस्रो बजार भन्छन् । स्टक एक्सचेञ्जहरुले दोस्रो बजारको रुपमा काम गरेका हुन्छन् ।
स्टक एक्सचेन्जमा बजार माग र आपूर्तिले निर्धारण गरेको मूल्यमा धितोपत्रहरुको कारोबार हुन्छ । स्टक एक्सचेन्जमा सेयर कारोबार सदस्य दलाल मार्फत हुन्छन् । धितोपत्र किनबेच गर्नेले दलाललाई कमिसन तिर्नुपर्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस