API 289.5 2.5 MFIL 768 48 UMHL 308 -4 TSHL 909 -11 BEDC 470 0 GBBLPO 205 0 NUBL 730 2.8 KDL 1059 16 SBID83 1098 8.7 CIT 2195 0 MATRI 1405 -8 PCBL 292 -2 JFL 655 6 MLBS 1532.3 -86.7 SWBBL 1065 2.1 KEF 9 0.28 PBD84 1065 1.7 AVYAN 909 -6 SMHL 613.1 -4 NICAD8283 1169.8 86.8 CIZBD90 1081 1 RBCLPO 12300 88 SNLI 585.1 -0.9 SJLIC 477 -7.5 TPC 465 6 NLO 242.1 0 KSY 9.22 -0.19 GILB 1268.4 4.4 SWMF 812 -13 NBF2 9.15 -0.05 GIBF1 9.69 0.1 SPDL 310 5 SICL 832 0 ADBL 367 -11.1 SIGS2 10.05 0 UNLB 2527 -3.9 NADEP 1030 -55 NRM 426.1 -4.9 SMFBS 1505.2 6.2 KRBL 613 0
×
बारामा २१२ किलो बढी गाँजाबोकेको पिकअप सहित ४ जना पक्राउ



बारा, १४ असार । बारा स्थित प्रहरी गस्ती टोलीले गण्डक नहरमा २१२ किलोभन्दा बढी गाँजा बोकेको एउटा पिकअप गाडी सहित ४ जना लाई पक्राउ गरेको छ।

 

हेटौडाबाट बारा प्रसौनी गण्डकतर्फ लागुऔषध गाँजा ल्याउँदै गरेको विशेष सूचनाको आधारमा प्रहरीले २१२ किलो ९२८ ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ। उनीहरू सवार पिकअप गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिवार बिहान साढे ८बजे  ईलाका प्रहरी कार्यालय सिमरा र प्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले परवानिपुर गाउँपालिका  ५ स्थित गण्डक नहरको सडक खण्ड अन्तर्गत चेकप्वाइन्टमा प्रदेश ०३–०१–०२४ च ४६३० नम्बरको सेतो रंगको पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा गाडीमा धानको भुषभित्र लुकाई राखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले न्युज कारखानालाई बताए । 

 

गाडीका चालक मकवानपुर, थाहा नगरपालिका  ४ तालुङका २८ वर्षीय रबि कार्की, सोही गाडीमा सवार मकवानपुर, टिसटुङ  १२ का ४६ वर्षीय बिर बहादुर गोले, हेटौडा उपमहा नगरपालिका  १४ का २३ वर्षीय साजन मुक्तान र धादिङ, थाक्रे गाउँपालिका ७ का ३१ वर्षीय महेश तामाङ पक्राउ गरिएको एसपी तामाङ्गले जानकारी दिएका छन्।

पक्राउ परेकाहरू विरुद्ध लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डित द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस