×
Lagani
Lagani Shiksha gif
प्रभु साहले च्याते सङ्घीय निजामती सेवा विधेयक, छाडे बैठक



काठमाडौं, १५ असार । सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि असहमति प्रकट गर्दै आम जनता पार्टीका सांसद प्रभु साहले सो बिधेयक च्यातेका छन् ।

 

Lagani Shiksha gif
sharehubapk प्रभु साहले च्याते सङ्घीय निजामती सेवा विधेयक, छाडे बैठक

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आजको प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे पछि छलफलमा सहभागी भएका साहले सो बिधेयक च्यातेका हुन् ।

मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका थिए । सो विधेयकमा अमनलाल मोदी, जनार्दन शर्मा, प्रभु साहलगायतले  आफनो धारणा राखिसकेका छन ।

सो बिधेयक तल्लो तहमा कार्यरत कर्मचारीको पक्षमा नभएको भन्दै सांसद साहले बिधेयक च्यातेर बैठकबाट बाहिरिएका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस