SPL 813 -12.1 SMJC 574 -6 SKBBL 934 -3 MFIL 768 48 SIFC 628 10 GBILD86/87 1030 4 CMF2 9.21 -0.1 GIBF1 9.69 0.1 PHCL 465.1 -9.9 SJCL 326 -3.7 BHPL 655.1 -12.7 MKJC 467.9 -1 SARBTM 765 -5 SFMF 10.2 -0.2 LEC 276.8 -6 KDBY 9.21 -0.23 BNHC 466.9 0.7 HEI 648 -10 MLBS 1532.3 -86.7 SEF 9.51 -0.24 SHINE 473 -1.8 KSY 9.22 -0.19 NRN 905 -8 PROFL 655 7 PBLD87 1028 -2 SRBLD83 1065 -10 MHCL 410 -7 SLBSL 1398.4 21.4 BARUN 379 -6.1 KKHC 260 -2 NIL 912 8 HDL 1423.1 49.1 SBI 482.9 -6 CMF1 10.5 -0.2 KBL 234 -6.9 SHPC 525 -3.9 NBF3 9.04 0.17 DLBS 1374 30 SLBBL 958.9 -4.2 EBLD86 1040 -2
×
रोजगारीका लागि प्रबृधि प्रयोग गर्ने सिपयुक्त जनशक्ति तयार गर्नुपर्छ: श्रममन्त्री



काठमाडौं, १३ असार ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नु पर्ने बताएका छन ।

शुक्रवार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच सम्झदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विश्वको बदलिदोँ परिवेशमा प्रविधि प्रयोगको ज्ञान, सीप र क्षमता भएका दक्षशक्ति उत्पादन गर्न सके रोजगारीको लागि धेरै चिन्ता गर्नु नपर्ने बताएका हुन । 

 

मन्त्री भण्डारीले अब श्रमको बारेमा अध्ययनको आवश्यकता रहेको बिषयमा जोड दिदैं काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डिप्लोमा इन लेवर स्टडिज कोर्ष सन्चालन गर्ने गृहकार्य र छलफल अगाडि बढी रहेको बताए । 

 

उनले सूचनाको अभावमा स्वेदशी होस वा वैदेशिक रोजगारीका लागि उपलब्ध भएका अवसरहरु पनि सहि सदुपयोग गर्न नसकेको अवस्थालाई चिर्नका लागि सूचना पु्र्याउने निकायहरुलाई सक्षम बनाउनु पर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले  श्रम मन्त्रालयले दिने सवै सेवाहरु एकिकृत रुपमा प्रवाह गर्नका लागि ७ सय ५३ स्थानीय तहबाट स्थापना गरिएको रोजगार सेवा केन्द्र मार्फत सूचना प्रवाह गर्ने काम भई रहेको बताए । श्रम मन्त्रालयबाट प्रवाह हुने सबै सेवाहरुलाई डिजिटलाइलेसन गर्ने प्रकृयामा अगाडि बढी रहेको उनको भनाई छ । 

उनले श्रम र आप्रावसनको क्षेत्रलाई सर्वसुलभ बनाउन महत्वपूर्ण भूमिका खेल्नु स्वीटजरल्याण्ड सरकार र स्वीस कन्ट्याक्टलाई सहयोगको लागि आभार प्रकट गरे । अगामी दिनमा पनि निरन्तर सहयोगको लागि आव्हान समेत गरे । 

 

 

मन्त्री भण्डारीले नेपालमा पहिलो पटक राष्ट्रिय आप्रवासन नीति करिब करिब टुंगिने अवस्थामा पुगेको जानकारी गराउँदै छिटटै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे । 

 

उक्त अवसरमा श्रम, रोजगार तथा आप्रवासन सम्बन्धमा क्षमता विकास लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच त्रिपक्षीय एक सम्झदारी पत्रमा हस्ताक्षर गरिएको छ । 

 

श्रम सचिव डा. कृष्णहरि पुष्करले तालिम र सीपको बीचमा तादाम्यता नहुने, आवश्यकता र तालिमको बीचमा पनि तादाम्यता नहुने, एकै व्यक्तिले धेरै तालिम लिएको अवस्थामा यसलाई व्यवस्थापन गर्नका लागि यस त्रिपक्षीय सम्झदारीले सहयोग विश्वास व्यक्त गरे ।

 

उनले तीन वटै संस्थाले एक अर्कालाई सहयोग, सहकार्य र प्रशंसा गर्दै श्रम आप्रवासनको कामलाई उच्च स्तरमा पुर्याउने आशा लिएको बताए । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस