×
Lagani
Lagani Shiksha gif
युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री



काठमाडौं, १६ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन । 

सोमवार राष्ट्रिय युवा परिषदद्धारा आयोजित युवा उद्यमशीलता प्रर्वद्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले उर्जावान युवा देशको प्रमुख शक्तिश्रोतको रुपमा रहेको बताउँदै उनीहरुले स्वदेशमै उद्यमशीलता गर्नु पर्ने बताएका हुन ।

Lagani Shiksha gif
sharehubapk युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री

 

मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारलाई अगामी दश बर्ष भित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा कार्यक्रम घोषणा गरेको बताए । उनले भने,  ‘वैदेशिक रोजगार स्वेच्छिक हुनुपर्छ, बाध्यमात्मक हुनुहुँदैन । स्वेच्छाले जानेहरुलाई रोक्न सकिँदैन । तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरुलाई देश भित्रै रोजगारको अवसरा सृजना गर्न श्रम मन्त्रालय संरचना र नीति निर्माण सहित कार्य गरिरहेको छ ।’

उनले रोजगारी सृजना गर्ने कार्य निजी क्षेत्रको भएको हुनाले उत्पादन र उत्पादकत्व बढे स्वतः रोजगारी सृजना हुने जिकिर गरे । संसारको जुनसुकै देशमा सरकारले सिमित संख्यामा मात्रै रोजगारी सृजना गर्ने गरेको बताउँदै निजी क्षेत्रसँगको समन्वय, सहकार्य गरी रोजागरीको विभिन्न अवसरहरु सृजना गर्न सरकारले आवश्यक निती नियम सुधार गरेर जानुर्पेमा जोड दिए।

 

मन्त्री भण्डारीले देशभित्रै रहेका रोजगारीका सम्भवानाहरुलाई सही तरिकाले सदुपयोग गर्न नसकेको अवस्था गम्भीर चिन्ताको बिषय भएको बताए । उनले नेपालीहरु थोरै पैसाका लागि विदेशिनु भन्दा स्वदेश मै स्वरोजगार गरेर बस्न सुझाए । 

अगाडि उनले थपे, ‘नेपालीहरु केवल बैदेशिक रोजगारमा जाने मात्रैहरुको लर्को मात्रै छैन, वैदेशिक रोजगारमा गएकाहरु सीप, ज्ञान, थोरै भएपनि पुँजी लिएर फर्केर आउनेहरुको संख्यामा पनि उत्तिकै छन् ।’

मन्त्री भण्डारीले नेपाली श्रमबजारमा प्रत्येक बर्ष पाँच लाख श्रमशक्ति आउने गरेको जिकिर गर्दै ति श्रमशक्तिहरुलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देश भित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने बताए । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस