×
सहमति बिपरित ‘कुलिङ पिरियड’ राख्ने कार्य संसदको अपमान र देश प्रति घोर अपराध हो, कारबाही गरौंः शेखर कोइराला



काठमाडौं, १७ असार । सांसदलाई झुक्काएर ‘कुलिङ पिरियड’ घुसाउने राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडालाई कारबाही गर्नु पर्ने माग तिब्र रूपमा उठिरहेको छ ।

 

राज्य ब्यवस्था समितिमा सर्वसम्मत रूपमा रोकिएको ‘कुलिङ पिरियड’ संसदमा बिधेयक प्रतिबेदन लैजादा सभापति खतिवडाले त्यसलाई घुसाएर पठाएको  रहस्योदघाटन भए पछि उनी माथी राजिनामा र कारबाहीको माग बढेको हो ।

 

नेपाली कांग्रेसका सांसदसमेत रहेका खतिवडाले गरेको सो कार्यको यतिखेर सत्ता पक्ष र प्रतिपक्ष दुवैवाट तिब्र आलोचना र आक्रोश ब्यक्त भईरहेका छन् । सोही क्रममा कांग्रेस नेता शेखर कोइरालाले पनि खतिवडाको नाम नलिई आपत्ति जनाएका छन् ।

 

‘सर्वसम्मतिबाट संसदमा पेस भएको निजामति सेवा विधेयक अनधिकृत रुपमा परिवर्तन गरिनु, गराईनु कुनै सामान्य घटना नभई, देश र जनता प्रति गरिएको घोर अपराध र सार्वभौम संसदप्रति गरिएको अपमान हो,’ उनले भनेका छन, ‘यस प्रकारणमा जोडिएकालाई तुरुन्त हदै सम्मको कारवाही अगाडि बढाई, परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा लैजाउँ ।’

 

उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारवाही अगाडि बढ्नु हुँदैन र बढ्दैन्।’

 

निजामति सेवा बिधेयकमा ‘कुलिङ पिरियड’ नराख्ने सहमति समितिमा भए पनि संसदमा पुगेको बिधेयकमा भने ‘कुलिङ पिरियड’ राखेर पारित भएको रहस्य खुले पछि यतिखेर खतिवडाको आलोचना भइरहेको छ।

 

खतिवडाले भने प्रतिनिधिसभावाट पास भएको उक्त बिधेयक राष्ट्रियसभावाट सच्चाउने पर्ने तर्क गरिरहेका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस