MERO 760 0.5 GIBF1 9.69 0.1 GMFBS 1512.1 -16.9 SARBTM 765 -5 PBD88 1102.1 2.1 SSHL 215 0.8 DHPL 242 1 PMHPL 260 -4 VLBS 902.5 -7.5 NICL 990.2 -4.8 MKHC 339 -1 HBLD83 1056.3 0.3 IHL 499 -1 PBD84 1065 1.7 RMF2 9.21 -0.13 SAEF 11.22 0.17 TSHL 909 -11 SIFC 628 10 NICLBSL 705.5 -7.5 NRN 905 -8 SLCF 9.21 -0.1 SBID83 1098 8.7 BEDC 470 0 BGWT 934.9 -21.1 ALICL 714.5 -1.2 BPCL 449 -7 UHEWA 476 -11 RHGCL 388 0 SHPC 525 -3.9 NIBD84 1030 -20 SCBD 1111 6 RURU 740 -9.8 MSHL 938 3 TAMOR 482.9 -2.1 PROFL 655 7 BNT 14350 -50 SGHC 393.6 0.1 SADBL 419 -1 LLBS 1050 5 CMF2 9.21 -0.1
×
संघीय निजामती बिधेयकमा हेरफेर `सुनियोजित अपराध`: नारायणकाजी



काठमाडौं, १७ असार । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय निजामती सेवा विधेयकको मूल संरचनामै हेरफेर गरेर प्रतिनिधिसभामा पेश गर्नु 'सुनियोजित अपराध' भएको बताएका छन्।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत कडा प्रतिवाद जनाउँदै लोकतन्त्र, सांसद र जनप्रतिनिधि संस्थाको योभन्दा ठूलो अपमान र अवमूल्यन अरू के हुन सक्छ भन्दै आक्रोश पोखेका छन्।

 

“हद भयो। सिमा पार गर्यो । लोकतन्त्र र जनप्रतिनिधि संस्था सांसदको यो भन्दा अवमूल्यन, अपमान र उपहास अरु के हुन्छ?” श्रेष्ठले लेखेका छन्, “त्यसर्थ राज्यव्यवस्था समितिले पारित गरेको संघीय निजामती विधेयकलाई प्रतिनिधिसभामा हेरफेर गरेर पेश गर्ने दुशकार्यको जिम्मेवार जो सुकै भए पनि कडा भन्दा कडा कारबाही हुनुपर्छ।”

 

विशेषगरी 'कुलिङ पिरियड' जस्तो गम्भीर र लामो समयदेखि बहस भएको प्रावधान हटाइएकोप्रति उनले गम्भीर आपत्ति जनाएका छन्। “यो कमजोरी होइन, सुनियोजित अपराध हो,” उनले स्पष्ट लेखेका छन्।

राज्यव्यवस्था तथा सुशासन समितिले विस्तृत छलफलपछि पारित गरेको विधेयकमा राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूलाई केही समयसम्म सरकारी सेवामा प्रवेश निषेध गर्ने (कुलिङ पिरियड) प्रावधान राखिएको थियो। तर प्रतिनिधिसभामा पेश गर्दा उक्त प्रावधान हटाइएको छ।

श्रेष्ठले यस्तो हेरफेर जनताप्रति धोका र लोकतान्त्रिक प्रक्रियामाथिको घात हो भनेका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस