×
Lagani
Lagani Shiksha gif
सुनको मूल्यमा पुनः उछाल, प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ पुग्यो



काठमाडौं, ०८ असार । स्थानीय बजारमा सुनको मूल्य लगातार दोस्रो दिन बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा पनि पहेँलो धातुको भाउ उकालो लाग्दै प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ पुगेको हो।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले महँगिएको हो।

Lagani Shiksha gif
sharehubapk सुनको मूल्यमा पुनः उछाल, प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँ पुग्यो

मूल्य वृद्धिसँगै छापावाल सुनको कारोबार प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको थियो। उक्त दिन सुनको कारोबार प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा भएको थियो।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ निर्धारण गरिएको छ। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतारचढावको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूको भनाइ छ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले महँगिँदै ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

पछिल्ला दिनमा बहुमूल्य धातुको मूल्यमा निरन्तर वृद्धि देखिएसँगै बजारमा लगानीकर्ता तथा उपभोक्ताको चासो समेत बढेको छ। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको अवस्था, अमेरिकी डलरको उतारचढाव तथा भू–राजनीतिक घटनाक्रमले सुन–चाँदीको मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस