×
अबदेखि सानिमा बैंकले आईपीयो भर्दा २० रुपैयाँ लिने



शेयर बजारमा लगानीकर्ताकोहरुको आर्कषण निकै बढेको छ ।

एकवर्ष अघिसम्म मात्रै पनि सर्वसाधारणमा खासै चर्चा नहुने शेयर बजार र आइपीओ चर्चा यतिबेला चुलिएको छ । कतिलाई त् शेयर बजारको अलिकति पनि  ज्ञान छैन  तर पनि शेयर बजारमा लगानी गरिरहेकै छन्। हाल सम्म  ४०  लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् ।

जसले गर्दा अहिले एउटै कम्पनीको आइपीओमा २० लाखभन्दा बढी आवेदन पर्न थालेको छ । यसरी आइपीओ भर्ने मानिसको संख्या बढ्दै गर्दा बैंकहरुले आइपीओ भर्न लाग्ने शु्ल्क पनि अस्वभाविक रुपमा बढाउँदै आएको छ । यसरी आइपीओ भर्दा बैंकहरुबाट पैसा काटिन्छ । जसका लागि कतिपय बैंकले ग्राहकसँग निश्चित रकम लिने गर्छन् भने कतिपय बैंकले यो सेवा निःशुल्क दिइरहेका छन् ।

त्यस्तै निःशुल्क सेवा  दिइरहेको सानिमा बैंकले अबदेखि २० रुपैया सी-आस्वा शुल्क लिने भएको छ।  बैंकले हिज एक संदेश जारि गर्दै उक्त रकम लाग्ने जनाएको हो।  अबदेखि सानिमा बैंकबाट आईपीयो भर्दा २० रुपैया  लाग्ने भएको हो।  258778045 312418064041973 2477442892934684736 n अबदेखि सानिमा बैंकले आईपीयो भर्दा २० रुपैयाँ लिने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस